असार २३, काठमाडौं । हाँस्य सिरियल ‘भद्रगोल’मा काम गरेपछि चर्चामा रहेकी कलाकार रक्षा श्रेष्ठ गुरुङले छोरीलाई जन्म दिएकी छिन् । उनी आमा बनेको खबर २ महिनापछि सार्वजनिक भएको हो । उनले आफू एक छोरीको आमा बनेको आफ्नो जन्मदिनको अवसरमा बुधबार मात्रै सार्वजनिक गरेकी हुन् ।
बुधबार उनले आफ्नो छोरीको तस्बीर सार्वंजनिक गर्दै आफू आमा बनिसकेको बताएकी छन् । यसअघि रक्षाले आफू आमा बनेको जानकारी कसैलाई दिएकी थिइनन् । यद्यपि सामाजिक संजाल र केही मिडियामा भने उनले छोरा पाएको भन्दै चर्चा थियो ।
सोही समाचारको खण्डन गर्दै रक्षाले आफू आमा बनेको खबर बाहिर नल्याइ नै छोरा जन्माएको भन्दै भ्रामक समाचार छापिएको उनले बताएकी छन् । उनले आफ्नो छोरीको तस्बीर समेत बुधबार नै सार्वजनिक गरेकी छन् ।
उनको बिवाह समेत चर्चाविनै भएको थियो । उनले आफ्नो छोरीको नाम माहिरा गुरुङ राखेको पनि बताएकी छन् । रक्षा लामो समय देखि हास्य टेलिश्रींखलामा अभिनय गर्दै आएकी छन् ।