Advertisement
Advertisement
Advertisement
Advertisement

आमाबाबु र छोराछोरीलाई आपसमा सिक्ने अवसर

  |      15:52:00   |  
आमाबाबु र छोराछोरीलाई आपसमा सिक्ने अवसर

►प्रकाश सिलवाल

चैत १२, काठमाडौँ । विश्वव्यापी सङ्क्रमण भइरहेको कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि जारी ‘लकडाउन’ का अवधिमा अभिभावक र विद्यार्थीले घरमा कसरी समय बिताउने रु बालबालिकालाई ‘बोर’ र अभिभावकलाई झर्को लाग्न नदिने उपायहरु के–के हुन सक्छन् रु बालबालिकालाई मोबाइलको लतमा फस्न नदिन सिकाइका वैकल्पिक अवसरहरुको खोजी भइरहेको छ भने विकल्प खोज्न अन्यत्र भौतारिनुभन्दा घरपरिवारमै उपयुक्त काम र सिकाइ गरेर सहजरुपमा समय बिताउन पनि सकिन्छ ।

यस्ता संवेदनशील घडीमा शिक्षासम्बन्धी विभिन्न संस्था, मनोपरामर्शकर्ता र अनलाइन प्रविधिमा सिकाइ सामग्री उत्पादन गर्ने संस्था र व्यक्तिले स्वयंसेवीरुपमा गरेका प्रयासलाई पनि पछ्याउन सकिनेछ । सामान्य अवस्थामा शैक्षिकसत्रको अन्त्यमा वार्षिक परीक्षापछि बिदा हुने यस अवधिमा बालबालिकालाई छुट्टी हुने भए पनि अभिभावक आफ्ना काम र रोजगारीमा व्यस्त हुने गरेकामा अहिले कोरोना भाइरसबाट बच्न सबै जना घरमा बस्नुपर्ने भएकाले आपसी सिकाइको अवसरका रुपमा यसलाई लिन सकिन्छ ।

युनेस्को नेपालका निमित्त नेपाल राष्ट्रिय आयोगका सहायक महासचिव डा बाबुराम अधिकारी बालबालिकाले अभिभावकसँग घुलमिल हुने यो उनीहरुको राम्रो अवसर भएको जनाउँदै अभिभावकले पनि उनीहरुको समस्या जिज्ञासाबारे जानकारी लिन सक्ने बताउनुभयो । डा अधिकारीले रासससँग भन्नुभयो, “यो बेला कुनै घोक्ने खालको पाठ्य सामग्रीभन्दा समसामयिक कुराबारे पढ्न र रचनात्मक कुरा खुला किसिमले सिक्न प्रेरित गर्नुपर्छ । घरमा बसेर गर्न मिल्ने खालका बालबालिकाको रुचिअनुसारको काम गर्न दिनुपर्छ ।” उहाँका विचारमा बालबालिकालाई गीतसङ्गीत, खेल, साहित्य  र राम्रा चलचित्र हेर्न दिन सकिन्छ भने खाना बनाउन र घर सफÞा गर्नेजस्ता उनीहरुले सक्ने काममा पनि अभ्यस्त बनाएर उनीहरुलाई बाहिरका कुरामा मानसिक तनाब हटाउन सकिन्छ ।

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालका महासचिव गुणराज मोक्तानले बिदाको यस अवधि बुबाआमाले छोराछोरीलाई सिकाउन पाउने सुनौलो अवसर भएकाले जीवनोपयोगी सीप, व्यवहारिक सिकाइ, घरायसी काम र मिदास संस्थाको पाठ्यक्रमअनुसारको शिक्षा लिन सकिने बताउनुभयो । मोक्तानले भन्नुभयो, “छोराछोरीले बुबाआमालाई प्रविधि सिकाउने र बुबाआमाले छोराछोरीलाई व्यवहारिक एवं परम्परागत सीप सिकाएर दुई पुस्ता जोड्न यो एक मौका पनि हो । यसको सदुपयोग गरौँ ।”

विश्व शान्तिका लागि प्रशिक्षणका क्षेत्रमा कार्यरत ‘क्रोधरहित संसार’ संस्थाका अध्यक्ष देशमर्दन बस्नेतका विचारमा बालबालिकालाई उनीहरुको रुचिअनुसार चित्र बनाउन दिएर र उनीहरुले कार्टुनमा देख्ने चित्रसँग आफूले बनाएका चित्रको तुलना गर्न लगाउन सकिने बताउनुहुन्छ । बस्नेत भन्नुहुन्छ, “बालबालिकाले कापीमा राम्रो अक्षर लेख्ने आदत बसाउन पनि यो बिदालाई उपयोग गर्न सक्नेछन् । यसका लागि बालबालिकालाई नै अभिभावकसमेतको दिनभरको योजना बनाउन दिन सकिन्छ ।

लकडाउनका समयमा शिक्षक र बालबालिकाको रुचि र उनीहरुको सहभागितामा सिकाइका अवसरमा जोडिइरहन इ–लर्निङका सामग्री सङ्कलन, उत्पादन र निःशुल्क प्रसारण गर्न अन्य संस्थागत पहल पनि शुरु भएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन ९प्याब्सन० र शैक्षिक सामग्री उत्पादक संस्था ‘कारखाना’बीच सहमति भएको छ ।
 
प्याब्सनका महासचिव कुमार घिमिरे र कारखानाका प्रमुख कार्यकारी अधिकृत पवित्रबहादुर गौतमबीच सो सहमतित्रमा आज हस्ताक्षर भएको हो । कारखानाका स्वयंसेवीले यसको उत्पादन गर्नेछन् । यसबाट अभिभावकले पनि लाभ लिन सक्नेछन् । कारखानाडट एशियाबाट पाउन सकिने यी सामग्रीमा ‘स्कूल सपोर्ट रिसोर्स’, ‘वेल बिइङ ः क्यारिङ फर द होल ह्युमन बिइङ, ‘किप लर्निङ’ खण्ड राखिएको छ ।
 
प्याब्सन र मिदास एजुकेशन प्रालिबीच मिदास इ क्लास एप बालबालिकाका लागि एक महिनासम्म निःशुल्क रूपमा प्रदान गर्ने सहमति पनि भएको छ । कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यालयका लागि उक्त एप निःशुल्क प्रदान गरिनेछ । प्याब्सनका अध्यक्ष टिकाराम पुरी र मिदासका प्रबन्ध निर्देशक छत्रहरि कार्कीबीच सो सहमतिपत्रमा हस्ताक्षर भएको हो । यो सुविधा सामुदायिक र निजी सबै विद्यालयका विद्यार्थीले प्रयोग गर्न सक्नेछन् ।

बालबालिकाले मिदास इक्लास एपको प्रयोग गरेर बालबालिका घरभित्रै पठनपाठन र रचनात्मक कार्यमा व्यस्त हुनसक्ने र विभिन्न कक्षाअनुसारको सिकाइ क्रियाकलापमा भाग लिइ सिकाइ उपलब्धि हासिल गर्न सक्ने जनाइएको छ । बालबालिकाले प्लेस्टोरबाट मिदास इक्लास एप डाउनलोड गरेर इन्स्टल गरी एप खोली एपको मेनुमा रहेको अर्डर थिचेपश्चात् सब्क्रिस्पसन कार्ड लिन सक्ने र भौचर कोडमा प्याब्सन कोड लेखेर आपूmले चाहेको कक्षाको मिदास इ क्लास एप प्रयोग सक्नेछन् । कास्कीमा कार्यरत कोपिला नेपालले यस अवधिमा बालबालिकालाई अनलाइन र फोनबाट आवश्यक मनोपरामर्श दिने जनाएको छ ।
रासस


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement