Advertisement
Advertisement
Advertisement
Advertisement

आमाको नाममा नागरिकता नदिएपछि प्रशासन कार्यालय चितवनलाई जरिवाना

  |      00:00:00   |  
आमाको नाममा नागरिकता नदिएपछि प्रशासन कार्यालय चितवनलाई जरिवाना

साउन २५, काठमाडौं । आमाको नाममा नागरिकता नदिएपछि उच्च अदालत पाटन, हेटौंडा इजलासले जिल्ला प्रशासन कार्यालय लाई जरिवाना गरेको छ । अदालतले आमाको नाममा नागरिकता दिनु भनी गरेको परमादेश विपरित नागरिकता नदिएपछि चितवन प्रशासनलाई ५० रुपैयाँ जरिवाना गरेको हो ।

न्यायाधीश मोहम्मद साविर हुसैन र चण्डीराज ढकालको इजलासले न्याय प्रशासन ऐन, २०७३ को दफा १७ को उपदफा २ को कसुरमा उपदफा ४ बमोजिम जरिवाना तोकेको हो ।

अदालतले चितवन प्रशासनलाई गत वर्षको मंसिर २५ गते भरतपुर महानगरपालिका ११ का प्रतिक शर्मा बराललाई वंशजको आधारमा नागरिकता दिनु भनी आदेश जारी गरेको थियो ।

२०५६ साउन २२ गते जन्मिएका शर्मालाई प्रशासनले आमाको नाममा नागरिकता दिन इन्कार गरेको थियो । प्रशासनले नागरिकता दिन इन्कार गरेपछि शर्माले अदालतमा रिट दर्ता गराएका थिए । उनको रिटपछि अदालतले आमाको नामबाट नागरिकता दिनु भनी परमादेश जारी गरेको थियो ।

प्रशासनले नागरिकता दिनुको साटो बुझ्ने क्रममा राखी आवश्यक प्रक्रिया पुरा गरी कागजात पेश भएमा प्रतीक शर्मालाई अङ्गीकृत नागरिकताका लागि प्रक्रिया अघि बढाउन ०७७ चैत २४ गते पत्र पठाएर अदालतको आदेश पालना नगरेको अदालतको ठहर छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement