Advertisement
Advertisement
Advertisement
Advertisement

आमाको दूध बच्चालाई कम्तीमा छ महिनासम्म अनिवार्य खुवाउनुपर्ने विज्ञको सुझाव

  |      16:18:00   |  
web image
web image

साउन २१, काठमडौं । आमाको दूध बच्चालाई कम्तीमा छ महिनासम्म अनिवार्य खुवाउनुपर्ने विज्ञहरुले सुझाव दिनुभएएको छ । बच्चालाई अन्य रोगबाट बचाउन जन्मेदेखि कम्तीमा छ महिना आमाको दूधमात्र खुवाउनुपर्ने विज्ञहरुले बताउनुभएको छ । आमाको दूध नै बालबालिकाका लागि पहिलो खोप भएकाले जन्मेदेखि छ महिनासम्म अन्य कुनै खाद्य पदार्थ नखुवाई आमाको दूधमात्र खुवाउनुपर्ने हुन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले आमाको दूधमा जस्तो अन्यमा पोषिलो पदार्थ नभएकाले कम्तीमा छ महिनासम्म आमाको दूध खुवाउनुपर्ने बताउनुभयो । “छ महिनापछि भने अन्य पोषिलो खाद्य पदार्थसँगै दुई वर्षसम्म आमाको दूध खुवाउनुपर्दछ”, उहाँले भन्नुभयो, “यही दुई/तीन महिनामा नै अन्य कुरा खुवाउनथाल्यो भने बच्चाको आन्द्रामा केही रोग देखा पर्न थाल्दछन् ।”


शिशु जन्मेपछि केही दिनसम्म आउने बाक्लो, पहेँलो बिगौती दूधमा झनै पोषिलो हुने बताइएको छ । आमाको दूध बच्चाका लगि अमृत समान भएकाले शिशु जन्मेको एक घण्टाभित्र नै स्तनपान गराउनु आवश्यक रहेको उहाँले बताउनुभयो । यही साउन १७ देखि २३ गतेसम्म ‘हामी सबैको साझा जिम्मेवारी, स्तनपान संरक्षण हुन्छ प्रभावकारी’ भन्ने नाराका साथ विश्व स्तनपान सप्ताह नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाउन थालिएको छ । सप्ताह कार्यक्रममा स्तनपानको महत्वबारे आमाहरूलाई जानकारी गराइँदै आएको छ ।

स्वास्थ्य सेवा विभागका परिवार कल्याण महाशाखाका निर्देशक डा तारानाथ पोखरेलले शिशु जन्मिनेबित्तिकै दूध खुवाउनुपर्ने बताउनुभयो । उहाँले आमाको दूधबाहेक अन्य खानेकुरा शिशुका लागि पोषिलो नहुने भएकाले बच्चालाई निरन्तर दुई वर्षसम्म स्तनपान गराउनुपर्ने जानकारी दिनुभयो । “शिशु जन्मेपछि छ महिनाको उमेरसम्म उसलाई चाहिने सम्पूर्ण पौष्टिक आहार आमाको दूधमा नै पर्याप्त मात्रामा पाइने भएकाले जन्मेको छ महिनासम्म आमाको दूधमात्र खुवाउनुपर्दछ”, उहाँले भन्नुभयो, “बच्चा जन्मेको छ महिना पूरा भएपछि पोषिलो थप खानाका साथै कम्तीमा दुई वर्षसम्म स्तनपानलाई पनि निरन्तरता दिइनुपर्दछ ।”

नेपाल जनसाङ्ख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ अनुसार नेपालमा पूर्ण स्तनपान गराउने सङ्ख्या ६६ प्रतिशत, शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने ५५ प्रतिशत र शिशु जन्मेदेखि दुई वर्षसम्म स्तनपान गराउने ८९ प्रतिशत छ । यसैगरी जन्मनासाथ स्तनपान गराउनुअघि १० नवजात शिशुमध्ये तीन नवजात शिशुलाई घ्यू, मह, चिनी आदि चटाउने गरेको पाइएको विभागको पोषण शाखा प्रमुख केदार पराजुलीले जानकारी दिनुभयो । उहाँका अनुसार नेपालमा जन्मेदेखि एक महिनासम्म आमाको दूध मात्र खुवाउने ८० प्रतिशत छ । शिशु दुईदेखि तीन महिनासम्मको हुँदा आमाको दूध मात्र खुवाउनेको सङ्ख्या घटेर ७२ प्रतिशत पुगेको छ । उहाँले नेपालमा शिशुलाई कहिल्यै पनि स्तनपान नगराउने सङ्ख्या एक प्रतिशत मात्र रहेको बताउनुभयो ।

पोषण शाखा प्रमुख पराजुलीले शिशुलाई स्तनपान गराउन सार्वजनिक ठाउँमा स्तनपान कक्ष निर्माणलाई पनि प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ३०० स्थानीय तहले स्तनपान केन्द्र स्थापना गरिसकेका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement