साउन १०, काठमाडौं ।आफ्नै श्रीमती २३ बर्सिया यास्मिन खातुनको हत्या गरेको अभियोगमा भारत बिहार प्रान्त पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ बस्ने २६ वर्षीय मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको छ ।
धारिलो हतियार प्रयोग गरी माइती घरमा बस्दै आएकी यास्मिनलाई अमानुल्लाहले हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालयसिमरौनगढबाट खटिएको प्रहरीले आज बिहान उनलाई पक्राउ गरेको हो ।
साथै अमानुल्लाहलाई स्थानीयवासीले कुटपिट गर्दा घाइते भएकोमा उनको प्रहरीको निगरानीमा जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ ।