Advertisement
Advertisement
Advertisement
Advertisement

आफनो दिनचर्या राम्रो बनाउन के गर्ने ? यस्ता छन् ७ तरिका

  |      17:54:00   |  
web image
web image

माघ २७, काठमाडौं । घरबाट निस्कनुअघि हामी के–कति काम गर्छु भनेर सोचिरहेका हुन्छौं । तर, साँझ घर फर्कदा थाहा हुन्छ हाम्रो मूख्य मूख्य काम नै बाँकी रहेछ । किनभने हामी सही काममा केन्द्रित हुने भन्दा पनि अनावश्यक कुरामा अलमल गरिरहेका हुन्छौं ।

 

बिहान चाँडै उठ्ने 

बिहान चाँडै उठ्दा शरीरमा विभिन्न हार्मोनहरु रिलिज हुन्छन्, जसले शरीरलाई ऊर्जा दिन्छ । बिहान चाँडो उठ्दा हाम्रो दैनिक कामको लागि पर्याप्त समय हुन्छ । बिहान ५ देखि १० बजेसम्म तपाईंले जति काम गरेर भ्याउनुहुन्छ त्यो दिनभरिको काम बराबर नै हुन्छ । बिहानको त्यो महत्वपूर्ण समयलाई गुमाउनुभयो भने त्यो समय परिपूर्ति गर्न कहिल्यै सकिंदैन ।

दिनभरिको कामको सूची बनाउने


घरबाट निस्कँदा हामी दिनभरि यो यो काम गर्छु भनेर निस्कन्छौ । तर धेरै पटक बिहान हतारको कारण हामी आफ्नो काम सही समयमा र सही तरिकाले गर्न सकिरहेका हुँदैनौं । यसको मुख्य कारण आफ्नो कामको योजना बनाउन नसक्नु हो । त्यसैले दिनभरि के गर्ने रु कुन कामलाई बढी प्राथमिकता दिने रु समय छुट्याउनुपर्छ । कामको प्राथमिकतालाई छुट्याएर सूची बनाउनुपर्छ र त्यो सूचीअनुसार काम गरियो भने महत्वपूर्ण काम बिर्सिंदैन र समयको पनि बचत हुन्छ ।

 

कसलाई भेट्ने पनि तय गर्ने 

दिनभरि हामीले धेरै व्यक्तिलाई भेटिरहेका हुन्छौं । कतिलाई भेट्ने योजना हुन्छ भने कसैलाई बिनायोजना पनि भेटिन्छ । यदि तपाईंलाई आज धेरै भेटघाट गर्नुछ भने दिनभरमा कस–कसलाई भेट्नैपर्ने छ, कुन समयमा भेट्ने भनेर समय पनि तय गर्नुस् । यसो गर्दा तपाईंले भेट्नुपर्ने व्यक्तिलाई समयमा भेट्न सक्नुहुन्छ ।

 

आफूलाई खुसी बनाउने काम पनि गर्ने 

आज कुनै एक यस्तो काम गर्ने योजना बनाउनुहोस्, जसले तपाईंलाई खुसी बनाउँछ । तपाईंलाई केही कुनै खेल खेल्न मन पर्छ वा हेर्न मन पर्छ भने त्यसको लागि पनि केही समय छुटाउनुहोस् । जुन काम गर्दा तपाईंलाई राम्रो लाग्छ, त्यस्ता कामले तपाईंलाई खुसी दिन्छ । सधैं केही नयाँ र फरक काम गर्नुपर्छ, जसले आफूलाई खुसी मिलोस् । त्यो खुसी दिने कामलाई आफ्नो दैनिक सूचीमा समावेश गर्नुहोस् ।

 

अनावश्यक भेटघाट र खर्च कटाउने 

बिहान घरबाट बाहिर निस्कनुअघि अनावश्यक भेटघाट, अनावश्यक खर्च गर्दिन भनेर अठोट गर्नुस् । हामी दैनिक धेरै अनावश्यक भेटघाट गरिरहेका हुन्छौं । कसैले तपाईंलाई भेटघाटको लागि बोलायो भने त्यो भेट कत्ति महत्वपूर्ण छ, त्यो सोच विचार गरेर मात्र भेट गर्नुस् यसो गर्दा तपाईंको समयको बचत हुन्छ । अन्य महत्वपूर्ण काममा त्यो समयलाई तपाईं खर्चिन सक्नुहुन्छ ।

 

दैनिक हुने खर्चलाई पनि कटौती गर्न सकियो भने महिनाको अन्त्यमा हुने खर्च अभावलाई त्यसले परिपूर्ति गर्न सकिन्छ । केही महत्वपूर्ण कुरामा त्यो पैसालाई खर्च गर्न सकिन्छ ।

 

साँझ कुन समयमा घर फर्किने तय गर्ने 

साँझ कुन समयमा घर फर्कने हो, टुंगो गर्नुहोस् । तपाईंको दैनिक तालिका एकदमै राम्ररी बित्यो भने तपाईं ठीक समयमा नै घर पुग्नुहुन्छ । तपाईं समयमा घर पुग्नुभयो भने परिवारका सदस्य पनि खुसी हुन्छन् । मानौं, तपाईं ७ बजे घर पुग्नुभयो भने ८ बजे खाना खानुहुन्छ अनि १० बजे सुत्नुहुन्छ । तर यदि तपाईं १० बजे घर पुग्नुभयो भने खाना ढिलो हुन्छ र सुत्ने समय १२ बजे पुग्छ । त्यसैले घरबाट निस्कने भन्दाअघि म आज यति बजे घर फर्कन्छु भनेर टुंगो गर्नुपर्छ । यसो हुँदा तपाईंको भोलिको दैनिकी पनि राम्रो हुन्छ ।

 

आजको दिन सर्वोत्तम हुनेछ भन्ने प्रण गर्ने 

घरबाट निस्कनुअघि एउटा मात्रै प्रण गर्नुहोस्, आजको दिन मेरो लागि सर्वोत्तम छ । यस्तो प्रण गरेर तपाईं बाहिर निस्कनुभयो भने दिन साँच्चै सर्वोत्तम हुन्छ । भोलि परीक्षा छ, मलाई छिटो उठ्नु छ भनेर प्रण गरेर सुत्नुभयो भने तपाईं समयमा नै उठ्नु हुन्छ । त्यस्तै कुनै कुरामा तपाईंले प्रण गर्नुभयो भने त्यो काम राम्ररी सही समयमा हुन्छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement