Advertisement
Advertisement
Advertisement
Advertisement

आज इतिहासकै सर्वाधिक उचाइमा सुनको भाउ

  |      11:45:00   |  
Symbolic Image
Symbolic Image

काठमाण्डौ । नेपाली बजारमा सुनको भाउ दिनदिनै नयाँ रेकर्ड बनाइरहेको छ। यो साता कारोबारको अन्तिम शुक्रबार पनि सुनको भाउ सर्वाधिक उचाइमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एकैदिन सुनको भाउ तोलामा १ हजार ८०० रुपैयाँले बढेको छ। यो बढाइसँगै सुनको भाउ प्रतितोला छापावाल ८२ हजार ५०० रुपैयाँ र तेजाबी ८२ हजार २०० रुपैयाँ कायम भएको छ। यो भाउ नेपाली सुनबजारकै इतिहासमा उच्च हो। 

कोरोना भाइरसले विश्वबजारमा अन्य उद्योगधन्दामा मन्दी छाएसँगै सुरक्षित कारोबारका लागि सुनमा लगानी बढ्न थालेपछि यसको भाउमा उछाल आएको हो।


यो साता कारोबारको पाँचौँ दिन बिहीबार तोलामा २०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको थियो। तोलामा २०० रुपैयाँ बढेसँगै बिहीबार प्रतितोला छापावाल सुन ८० हजार ७०० रुपैयाँ र तेजाबी सुन ८० हजार ४०० रुपैयाँ कायम भएको थियो।

यो साता कारोबारको पाँचौँ दिन बिहीबार तोलामा २०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड कायम गरेको हो। तोलामा २०० रुपैयाँ बढेसँगै बिहीबार प्रतितोला छापावाल सुन ८० हजार ७०० रुपैयाँ र तेजाबी सुन ८० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

यसअघि बुधबार एकैदिन तोलामा २ हजार २०० रुपैयाँले बढेर प्रतितोला छापावाल ८० हजार ५०० रुपैयाँ र तेजाबी ८० हजार २०० रुपैयाँ कायम भएको थियो।

गत मंगलबार प्रतितोला छापावाल सुन ७८ हजार ३०० रुपैयाँ र तेजाबी सुन ७८ हजार रुपैयाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको थियो।

सुनको भाउ यो साता आइतबार र सोमबार प्रतितोला छापावाल ७८ हजार रुपैयाँ र तेजाबी ७७ हजार ७०० रुपैयाँ थियो। आइतबार सुनको भाउ भने तोलामा एकैदिन १ हजार २०० रुपैयाँले घटेको थियो।

यो साता कारोबारको अन्तिम दिन शुक्रबारसम्म सुनको भाउ तोलामा ४ हजार ५०० रुपैयाँले बढेको छ। 

बजार विश्लेषकहरुका अनुसार सुनको भाउ अझै बढ्न सक्छ। अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस २ हजार डलर पुग्ने प्रक्षेपण यसअघि नै भइसकेको छ। यसको मतलब सुन प्रतिऔँ २ हजार डलर पुग्दा नेपाली बजारमा पनि प्रतितोला ९५ हजार रुपैयाँको हाराहारीमा पुग्न सक्छ। 

कारोबारको अन्तिम दिन शुक्रबार चाँदीको भाउ तोलामा १० रुपैयाँले बढेर ८९० रुपैयाँ पुगेको छ । यो साता चाँदीको भाउ भने समग्रमा ३० रुपैयाँको बढोत्तरी देखिएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement