Advertisement
Advertisement
Advertisement
Advertisement

अलपत्र महिलाको उद्धार

  |      00:00:00   |  
अलपत्र महिलाको उद्धार
वैशाख १९, सुर्खेत । कर्णाली प्रदेश सरकारले अलपत्र महिलाको उद्धार गरेको छ । तातोपानी गाउँपालिका–४ जुम्ला हाँकु नियापानी गाउँ निवासी ३६ वर्षीया नानी नेपालीलाई प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले उद्धार गर्नुभएको हो । बिहीबार दिउँसो ३ः०० बजे सामाजिक सञ्जालमा जुम्ला निवासी एक महिलाले रुँदै श्रीमान्ले अर्को विवाह गरेर हिँडेको र आफू बिचल्लीमा परेको भनी भिडियो सार्वजनिक हुने बित्तिकै मन्त्री भण्डारीले उद्धारका लागि खटाउनुभएको थियो ।
 
नेपाली वीरेन्द्रनगर नगरपालिका–३ एरिचोक सुर्खेतमा सडकपेटीमा आश्रय लिएको अवस्थामा भेटाइएको कानूनमन्त्री भण्डारीले बताउनुभयो । उहाँले चार हजार घरभाडा सहयोग पनि गर्नुभएको छ ।
वीरेन्द्रनगर नगरपालिकाको बाङ्गेसिमल, मूलपानी, एरिचोकलगायतका टोलमा खोज्दा नेपालीलाई भेटिएको उद्धारा गएका मन्त्री भण्डारीका स्वकीय सचिव थापाले जानकारी दिनुभयो । 
 
श्रीमान् निलो नेपालीले सुर्खेतमा बस्न भनेपछि केही समयदेखि दुई छोरीसहित भाडा बस्दै आएकी नेपाली सामान्य ज्याला मजदुरी गर्दै आउनुभएको थियो । “श्रीमान्ले तिमी बिरामी छौँ, सुर्खेतमै बस् भनेर जुम्ला गाउँमा आफ्नो नाममा रु पाँच लाख ऋण झिकेको रहेछ”, नेपालीले भन्नुभयो, “त्यसको अहिलेसम्म ब्याज नतिरी अर्की महिला लगेर उतै बसेको छ भन्ने खबर पाएँ । बन्दले गाडी नपाएपछि जुम्ला जान गुहार मागेकाी हुँ ।”
 
उद्धार गरिएकी नेपालीलाई सकेसम्म आजै जुम्ला पठाइनेछ । नेपालीको भिडियो सुर्खेतका पत्रकार बुद्धिसिंह ठकुरीले सामाजिक सञ्जालमा पोष्ट गर्नुभएको थियो ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement