Advertisement
Advertisement
Advertisement
Advertisement

अरूको स्वास्थ्यको ख्याल गर्दागर्दै आफैं रहिनन्

  |      13:22:00   |  
Web : Image
Web : Image

वैशाख ७, नेपालगन्ज ।  पहिलो चरणको कोरोना महामारीका बेला उनी गर्भवती थिइन् । दाङको तुल्सीपुरस्थित लाइफकेयर हस्पिटलमा कार्यरत उनले संक्रमितलाई देखेकी मात्र नभई सेवा पनि गरेकी थिइन् । 

गर्भ आठ महिनाको भएपछि सुरक्षित प्रसूतिका लागि जागिर छाडिन् । स्वस्थ छोरीलाई जन्म दिएकी २० वर्षीया अनिशा वली आफैं नर्स भएकाले कोरोना संक्रमणप्रति सतर्क थिइन् । सुत्केरी अवस्थामा दाङ तुल्सीपुर–११ स्थित माइती गइन् । उनै वलीको सोमबार कोरोना संक्रमणका कारण निधन भएको छ ।

‘तुल्सीपुरले घोराही पठायो । घोराहीको अस्पतालले पीसीआर पनि गरेन, भर्ना गर्न पनि मानेन,’ अनिशाका पति विनय कार्कीले भने, ‘समयमै उपचार भएको भए बाँच्ने थिइन्, अरूको सेवा गर्ने मान्छेले यसरी उपचार नै नपाएर ज्यान गुमाउनुपर्‍यो ।’ विनय सवारीचालक हुन् । आफ्नो गाडी आफैं चलाउने भएकाले विनय र अनिशाबीच छोरी ६/७ महिनाको हुन्जेल माइतीमा बस्ने सल्लाह थियो । अचानक पत्नी गुमाउनुपर्दा विनय स्तब्ध छन् । नेपालगन्जमा सोमबारै पत्नीको दाहसंस्कार सकेर उनी तीन महिनाकी छोरी स्याहार्न दाङ फर्किएका छन् । उनी आफैं पनि संक्रमित छन् ।

छोरीमा अहिलेसम्म संक्रमणको लक्षण नदेखिएको उनले बताए ।

अनिशाले गत फागुनमा छोरीलाई जन्म दिएकी हुन् । माइतीमा बुबालाई कोरोना संक्रमण पुष्टि भयो । केही दिनपछि उनकी आमालाई पनि संक्रमण देखियो । आमालाई नेपालगन्जमा ल्याइयो । बिस्तारै अनिशालाई पनि रुघाखोकीले च्याप्दै गयो । आमाबुबाको स्वास्थ्यको चिन्ता गरिरहेकी उनले आफूलाई भएको बिसन्चोबारे भेउ नै पाइनन् ।

गत चैत २८ मा रुघाखोकीले निकै च्याप्दै गएपछि उनी एक निजी क्लिनिकमा चेकअपका लागि पुगेकी थिइन् । डाक्टरले पीसीआर गर्न सुझाए । आमाको स्वास्थ्य अवस्थाप्रति चिन्तित उनले आफ्ना लागि हतार गरिनन् । ‘सामान्य रुघाखोकी हो भन्दै औषधि खाइछन्, चैत ३१ गते दाइको फोन आएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रि–आइसोलेसनमा ल्याएर राख्यौं,’ आफन्त दोर्ण वलीले भने, ‘ढिलो पुगेकाले त्यो दिन पीसीआर गर्न पाइएन । फेरि राप्ती लाइफकेयर हस्पिटलमा लगेर अक्सिजन दिएर राख्यौं ।’ गत बुधबार नेपालगन्जको मेडिकल कलेजमा पीसीआर गर्दा कोरोना देखिएपछि भने उनको उपचार भेरी अस्पताल नेपालगन्जमा सुरु गरिएको थियो । ‘अवस्था क्रिटिकल नै थियो । भेन्टिलेटरमा उपचार गराइरहेका थियौं,’ भेरी अस्पतालका मेसु डा.प्रकाश थापाले भने, ‘६ दिनदेखि उपचारमा हुनुहुन्थ्यो तर बचाउन सकिएन ।’

राप्ती लाइफ केयर नर्सिङ क्याम्पसमा नर्सिङ पढेकी अनिशाले पढाइ सकेलगत्तै जागिर खाएकी थिइन् । छोरीको वियोगबीच पत्नीको भेन्टिलेटरमा उपचार गराइरहेका अनिशाका पिता सन्तोष वली पीडामै छटपटाइरहेका छन् । ‘छोरो लमहीको बेलझुन्डी अस्पतालमा उपचाररत छ । छोरीलाई कोरोनाले लग्यो,’ उनले भने, ‘दैवले पनि एउटै मान्छेलाई कति चुट्न सकेको  ?

साभार :  अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement