Advertisement
Advertisement
Advertisement
Advertisement

अमेरिका र बेलायतमा एकैदिन २८०० बढीको मृत्यु, विश्वभर संक्रमितको संख्या १५ लाख माथि

  |      11:19:00   |  
अमेरिका र बेलायतमा एकैदिन २८०० बढीको मृत्यु, विश्वभर संक्रमितको संख्या १५ लाख माथि

चैत २७, काठमाण्डौ । कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एकैदिन १९०० मानिसको मृत्यु भएको छ । योसँगै कोरोनाबाट धेरै मानिसको मृत्यु हुने देशको सूचिमा अमेरिका दोश्रो स्थानमा उक्लिएको छ । 


अमेरिकामा एकैदिन १९०० संक्रमितको मृत्युसँगै हालसम्म कुल मृत्यु हुने संक्रमितको संख्या १४ हजार ८०० नजिक पुगेको हो । कुल मृतकको यो संख्या स्पेनको भन्दा केही बढी हो । 

अमेरिकामा पछिल्लो २४ घण्टाभित्र २८ हजार बढी नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकामा कोरोना संक्रमितको कुल संख्या ४ लाख २८ हजार नाघेको छ । 

अमेरिकापछि यूकेको अवस्था समेत भयावह देखिएको छ । यहाँ समेत पछिल्लो २४ घण्टाभित्र ९३८ संक्रमितको मृत्यु भएको हो । यूकेमा पनि कुल मृतकको संख्या ७ हजार ९७ पुगेको छ । यहाँ ५ हजार ४९१ नयाँ संक्रमित थपिई कुल संक्रमितको संख्या ६० हजार ७०० माथि पुगेको छ । 

स्पेनमा ७४७ को मृत्यु भई कुल मृतकको संख्या १४ हजार ८०० नजिक पुगेको छ भने यहाँ ६ हजार ३०० हाराहारीमा नयाँ संक्रमित थपिई कुल संक्रमितको संख्या १ लाख ४८ हजार नाघेको छ । 

इटलीमा ५४२ थप संक्रमितको मृत्यु भई कुल मृतकको संख्या १७ हजार ६६९ पुगेको छ भने ३ हजार ८३६ नयाँ संक्रमित थपिएर कुल संक्रमितको संख्या १ लाख ३९ हजार ४०० माथि पुगेको छ । 

फ्रान्समा एकैदिन ५४१ को मृत्यु भएको छ भने जर्मनीमा पनि ३३३ जनाले ज्यान गुमाएका छन् । योसँगै फ्रान्समा हालसम्म कुल मृत्यु हुनेको संख्या १० हजार ८६९ पुगेको छ भने जर्मनीमा २ हजार ३४९ पुगेको छ । कुल संक्रमितको संख्यामा जर्मनी फ्रान्सभन्दा अगाडि छ । जर्मनीमा १ लाख १३ हजार २०० बढीमा कोरोना संक्रमण भइसकेको छ भने फ्रान्समा १ लाख १२ हजार ९०० बढी संक्रमित छन् । 

यो दिन बेल्जियममा २०५, इरानमा १२१, नेदरल्याण्डमा १४७, ब्रजिलमा १२४, टर्कीमा ८७, स्वीडेनमा ९६, भारतमा १८ संक्रमितको मृत्यु भएको छ । 

यसरी हालसम्म विश्वभर कोरोना संक्रमणबाट मर्नेको संख्या ८८ हजार ४०३ पुगेको छ भने यो दिन ८० हजार ३५२ वटा नयाँ केश थपिएर कुल संक्रमितको संख्या १५ लाख ११ हजार माथि पुगेको छ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement