असार १७, जनकपुरधाम । सर्लाही सदरमुकाम मलंगवामा अबिरल वर्षाका कारण घर भत्किँदा सुतिरहेका तीन जना घाइते भएका छन् ।
घाइते हुनेमा ५० वर्षकी सुशीला देवी महरा, २६ वर्षकी रेखा देवी र दुई वर्षीया बालिका अर्चना रहेको प्रहरी निरीक्षक कृष्ण गिरीले जानकारी दिए । मलंगवा ६ मा टायलले छाएको दुई तले कच्ची घर छानोसहित भत्किँदा घरमा सुतिरहेका १० जनामध्ये ३ जना घाइते भएका हुन् ।
घर भत्किएपछि खाद्यान्न, लत्ताकपडामा पनि क्षति पुगेको छ भने विस्थापित परिवार आफन्तको बसेका छन् ।
घाइतेहरूको अहिले स्थानीयस्तरमै उपचार भइरहेको छ ।