Advertisement
Advertisement
Advertisement
Advertisement

अपाङ्गता भएका छोरालाई आमाको माया......

  |      10:18:00   |  
अपाङ्गता भएका छोरालाई आमाको माया......
►हरि बाँस्तोला
वैशाख ११, पोखरा । बन्दाबन्दीका कारण विपन्न मजदुर त समस्यामा छन् नै अपाङ्गता भएका परिवारका लागि यो अभिसाप नै भएको छ । दैनिक मजदुरी गरी बिहान–बेलुकाको छाक टार्दै आएका विपन्न समुदायको परिवारमा अपाङ्गता भएका व्यक्तिको पालनपोषण यतिखेर जटिल समस्या बनेको हो ।
 
पोखरा महानगरपालिका–१७ रातोपैह्रा निवासी मनमाया थापाको परिवारमा बन्दाबन्दीले दैनिकीमा समस्या त पारेको छ नै । अपाङ्गता छोराको पेट भर्ने कुराले झन् चिन्तित बनाउँदै आएको थियो । जन्मजात नै अपाङ्गता बनेका उहाँका १८ वर्षीय छोरा पूर्ण थापा जन्मेदेखि नै बिछ्यौनामा हुनुहुन्छ । हातखुट्टा नचल्ने अवस्थाका उनको शरीरको सामान्य सरसफाइदेखि खानपिन सबैमा अरुकै भर पर्नुपर्छ ।
 
हाते ट्र्याक्टर चलाएर दैनिक गर्जो टार्दै आएका उहाँका श्रीमान् लक्षु थापा यतिखेर बन्दाबन्दीले गर्दा काम पाउनुभएको छैन । ट्याक्सी चलाउँदै आएका अर्का छोरा पनि बन्दाबन्दीका कारण बेरोजगार बनेको उहाँले बताउनुभयो । रातोपैह्रास्थित आफन्तको जग्गामा सानो कोठामा अपाङ्गता छोरासहित सात जनाको परिवारको दैनिकी कष्टकर बनिरहेको वर्तमान अवस्थामा यहाँको एउटा संस्थाले खानाको सेट लिएर पुगेपछि सो परिवारको अनुहारमा एकाएक खुशीयाली छायो ।
 
बन्दाबन्दीको कारण दैनिक ज्यालादारी गर्ने वा मजदुर वर्गको पेट भोको हुन नदिने लक्ष्यका साथ पोखरा महानगरपालिका र पौरखी स्वयंसेवी समूहको समन्वयमा पोखार–७ मासवारमा रहेको शान्तिनगर बैंक्वेटबाट उहाँको परिवारलाई घरमै खानाको सेट पुगेको हो । अन्तराष्ट्रिय पर्वतीय सङ्ग्रहालयको चोक नजिकै रहेको थापा परिवारलाई समूहको गाडीमा लगिएको खानाको प्याकेट पाँच जना सदस्यले एक–एक प्याटेक हातहातमा लिएर कोठाभित्र पस्नेबित्तिकै खान शुरु गरे भने आमा मनमायाको भने पहिलो प्राथमिकता अपाङ्गता छोराको पेट भर्नु थियो ।
 
“बन्दाबन्दीले हामीजस्ता विपन्न तथा असहायलाई समस्या त परेको छ नै यस्तो बेला अपाङ्गताका लागि अझै कष्टकर हुनेरहेछ”, उहाँले भन्नुभयो, “अरुले त आफैँले खान सक्छन्, यो आफैँ खान पनि सक्दैन, त्यसैले पहिले यसलाई खुवाउन लागेकी छु ।”
 
कोठामा भएको खाद्यान्नलगायतका सम्पूर्ण सामल रित्तिएपछि अपाङ्गता छोरासहितको सिङ्गो परिवार भोकभोकै मरिन्छ कि भन्ने अवस्थामा सहयोगी समूह हाम्रा लागि भगवान् बन्यो । खानाको प्याकेटतर्पm हेरेर हर्षको आँशु झार्दै उहाँले भन्नुभयो, “अपाङ्गता छोरासहीत सातै जना परिवारमा बाँच्ने आशा पलाएर आयो ।”
 
“खाना स्वादिलो छ, प्रत्येक दिन बिहान र बेलुका खानाको प्याकेट घरमै आउँछ” थापाले भन्नुभयोप “अपाङ्गता छोरासहित सम्पूर्ण परिवार अहिले अघाउने गरी खान पाएका छाँै ।” सो परिवारको दुःख देखेर नै स्थानीय नरबहादुर श्रेष्ठले एक किलो कुखुराको मासु सहयोग गर्नुभएको थियो । सोही स्थानमा खाद्यान्न तथा पैसाको अभावमा चुलो बल्न छाडेको बताउने चार छोराछोरीकी आमा पार्वती भुजेलको परिवारले पनि खानाको प्याकेट पाउन थालेपछि हर्षित भएका छन् ।
 
श्रीमान्ले कहिले मजदुरीसँगै गण्डकीमा गएर दाउरा ल्याउनुहुन्थ्यो बिक्री गरेर आएको रकमले चार नाबालक छोराछोरीसहित छ जनाको परिवारको दुःखमसुखम जीविकोपार्जन गर्दै आएका थियौँ, अचानक सबै बन्द भयो, दाताले ल्याएको भातको प्याकेट जिउनको लागि आधार बनेको उहाँको भनाइ छ । सो स्थानमा खानाको प्याकेट लिएर पुग्नु्भएका पौरखी स्वयंसेवी समूहका सदस्य विष्णुप्रसाद पौडेलका अनुसार थापा एवं भुजेल परिवार वास्तविक मजदुर र विपन्न भएको बताउनुभयो ।
 
खान नपाएर कोही पनि भोकै बस्न नपरोस् भन्ने लक्ष्यका साथ शुरु गरिएको राहत अभियान लकडाउन ९बन्दाबन्दी० समाप्त नभएसम्म नियमितरूपमा बिहान र बेलुका खाना तत्तत् स्थानमा पु¥याउने विश्वास दिलाउनुभयो । बन्दाबन्दीका कारण दैनिक ज्यादारी गर्ने, मजदुर, असहाय एवं पैदलयात्रीलाई समेत भोजनको व्यवस्था गर्दै आएका छौँ, समूहले अहिले दैनिक एक हजार ५०० को हाराहारीमा खानाको व्यवस्था गर्दै आएको अर्का सदस्य जनक पराजुलीले जानकारी दिनुभयो । संस्थाले शनिबारदेखि बुधबारसम्म चार हजार २९९ जनालाई खानाको व्यवस्था गरेको छ ।
रासस

Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement