Advertisement
Advertisement
Advertisement
Advertisement

अनुहार र छालामा कोठी आउनु सामान्य हो ?

  |      16:00:00   |  
web image
web image

फागुन १९, काठमाडौं । हाम्रो अनुहार तथा छालामा पिग्मेन्ट उत्पादन गर्ने कोषको मात्रा बढी भएर कोठी आउने गर्छ । कोठी आउनुमा एउटा मात्र कारण छैन । कतिलाई वंशाणुगत रुपमा आउन सक्छ भने कतिलाई घामको प्रभावबाट पनि ।

घाममा धेरै हिंड्ने व्यक्तिको छालामा पनि कोठी आउन सक्छ ।

 

कोठी के हो ?

मानिसको छालामा आउने काला वा अन्य रंगका दानालाई कोठी भनिन्छ । हामीले बुझ्ने भाषामा कोठी भनेको छालालाई रंग प्रदान गर्ने कोषिका एकै ठाउँमा गुँड जस्तो भएको हुन्छ । सामान्यतया शरीरको देखिने वा नदेखिने जुनसुकै भागमा कोठी आउन सक्छ ।

 

हाम्रो छालालाई रंग उत्पादन गर्न मेलानोसाइट भन्ने कोष चाहिन्छ । यो हाम्रो छालाको माथिल्लो पत्रमा रहन्छ र एउटा रंग बनाउने कोषले पाँचदेखि आठवटासम्म साधारण छालाको कोषलाई रंग दिन्छ । कुनै–कुनै अवस्थामा यी कोषहरू धेरै संख्यामा एकै ठाउँमा जम्मा भएर कालो दाग वा ठूलो दानाका रूपमा देखिन्छन् । यसलाई हामी कोठी भन्छौं ।

 

यो कति प्रकारका हुन्छन् ?

कोठीहरु धेरै प्रकारका हुन्छ । समान्यतया वंशाणुगत कोठी, कुनै पछि मात्र आउने कोठी हुन्छ, कुनै माथिल्लो सतहमा देखिने कोठी कुनै भित्री भागमा गएर बाहिर रौं पलाउने कोठी हुन्छ । कुनै युवावस्थामा घाँटीको वरिपरि र छातीको माथिल्लो भागमा देखिने कोठी हुन्छ, जुन युवकहरुमा बढी देखिन्छ।

 

त्यस्तै रातो कोठी हुन्छ जुन उमेर ढल्केपछि शरीर तथा अनुहारमा देखिन थाल्छ । शरीरमा आउने कोठी एउटै हुन्छन् ।

 

कोठी कुनै समस्या हो ?

कोठी पनि एक प्रकारको समस्या हो । धेरै कोठी आएको छ, ठूलो–ठूलो कोठी छ, जन्मेदेखि आएको कोठी छ भने त्यो पछि गएर क्यान्सर हुने सम्भावना हुन्छ । त्यसको लागि जाँच गराउनुपर्छ । कोठी जति गाढा र ठूलो हुन्छ त्यति नै बढी क्यान्सर हुने सम्भावना हुन्छ ।

 

यसको उपचार के हो ?

धेरै कोठी भएको वा आएको खण्डमा सावधानी अपनाउनुपर्छ । जस्तै, घाममा धेरै हिंड्नु भएन । एसबीएफ ५० वा त्योभन्दा माथिको सन्सक्रिन नियमित रुपमा लगाउनुपर्ने हुन्छ । कोठीमा चिलाउने, ठूलो भएर आउने, दुख्न थाल्ने लक्षण देखिए तुरुन्त डाक्टरको परामर्श लिनुपर्छ । परमर्शअनुसार उपचार सुरु गरिहाल्नुपर्छ । धेरै कोठी भएका मानिसहरुले वर्षेपिच्छे कोठी विशेषज्ञ तथा छाला रोग विशेषज्ञसंग परामर्श लिइरहनुपर्छ।

 

कोठीको जाँच कसरी गरिन्छ ?

डर्मस्कोप मेसिन प्रयोग गरेर कोठीको अवस्था जाँच गरिन्छ । यसले टेलिस्कोपको जसरी काम गर्छ । यसले कोठीको अवस्था कस्तो छ भनेर सहजै देखाउँछ । यसको सहयोगबाट नै कोठीको कसरी उपचार गर्ने निष्कर्षमा पुगेको हुन्छ ।

 

कोठी आउन नदिन केही उपाय छ ?

वंशाणुगत तथा जन्मजात भएको कोठीलाई त हामी रोक्न सक्दैनौं । तर नयाँ आउने कोठीलाई कम गर्न घाममा कम हिंड्ने सन्सक्रिन लगाउने र समय–समयमा चेक गराउनुपर्छ । उपचारको क्रममा डर्मस्कोप मेसिनले हेरेर त्यो कोठी कसरी कुन तरिकाले निकाल्न मिल्छ त्यसले निर्धारण गर्छ ।

 

गाढा छ, रौंहरु आएको छ भने त्यसलाई काटेर सिलाउनु नै राम्रो हुन्छ । शंकास्पद कोठीलाई बायोस्पी पठाउनुपर्ने हुन्छ । एकदम ठूलो कोठीलाई चाहिं प्लास्टिक सर्जरी गरेर निकाल्नुपर्ने हुन्छ । क्यान्सर भएपछि फैलिएपछि चाहिं त्यो अरु ठाउँमा पनि फैलिने हुन्छ । 

 

(डा. भट्टराई छाला तथा यौनरोग विशेषज्ञ हुन् ।)


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement