असार २२, ललितपुर । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले गंगामायाको न्यायको लडाइँ अदम्य साहस भएको भन्दै अन्यायको ढाकछोप गर्न नहुने बताएकी छन् ।
वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेकी कार्कीले शक्तिमा भएको व्यक्तिले ‘ट्राफिक लाइट’ नहेरी हिँड्ने हो भने दुर्घटना हुने बताइन् ।
उनले नियम–कानूनको पालना गर्न त्रुटि गर्न नहुने बताइन् । सो अवसरमा वीर अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले गंगामायाको स्वास्थ्य अवस्था निकै नाजुक भइसकेको बताए ।
गंगामाया छोराका हत्याराका कारबाही हुनुपर्ने एकसूत्रीय माग राख्दै गंगामाया विगत ४० दिनदेखि अनशनमा छिन् ।