पुस १५, काठमाडौं ।खुकुरी प्रहार गरि श्रीमतीको हत्या गर्ने श्रीमान् झापाको दमकबाट पक्राउ परेका छन् ।
इलामको माङसेवुङ गाउँपालिका-४ घर भई हाल दमक नगरपालिका-२ मा बस्दै आएका धनबहादुर विश्वकर्माले खुकुरी प्रहार गरी आफ्नै ६० वर्षीया श्रीमती इन्द्रकुमारी विश्वकर्माको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले बताएको छ।
उनले शनिबार २ बजे घरायसी झगडाको क्रममा श्रीमती इन्द्रकुमारीमाथि खुकुरी प्रहार गरेका थिए । उनको शरीरभरि खुकुरी प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । घटना घटे लगतै इलाका प्रहरी कार्यालय दमकले खुकुरीसहित धनबहादुरलाई नियन्त्रणमा लिएको छ।