Advertisement
Advertisement
Advertisement
Advertisement

बृद्धबृद्धा र उत्पीडितको सहारा सूर्यज्योति चौरासी पूजा बीमा, यस्ता छन् सुविधाहरु

  |      15:40:00   |  
बृद्धबृद्धा र उत्पीडितको सहारा सूर्यज्योति चौरासी पूजा बीमा, यस्ता छन् सुविधाहरु

कार्तिक १४, काठमाडौं ।सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘सूर्यज्योति चौरासी जीवन बीमा’ योजनामा बीमितहरुको आकर्षण बढिरहेको छ ।

साविक सूर्या लाइफ इन्स्योरेन्सको ‘सूर्या चौरासी जीवन बीमा’ योजनालाई कम्पनीले मर्जरपछि नामाकरण गरि सूर्यज्योति चौरासी जीवन बीमा योजना नामबाट सोही बीमालेख बिक्री गरिरहेको छ । 

जीवन बीमा बजारमा विभिन्न बीमालेख बिक्री गरी ग्राहकहरुको मन जित्दै सूर्यज्योति लाइफ इन्स्योरेन्सको बृद्धबृद्धा तथा उत्पीडितलाई लक्षित सूर्यज्योति चौरासी पूजा बीमा योजना सञ्चालनमा छ । 

बृद्धबृद्धाका लागि लक्षित गरी बिक्री गरिरहेको यो बीमालेख नेपाली बीमा बजारमा एक अद्धितीय प्रकारको बीमा योजना हो, जसले बीमाबाटै नियमित आम्दानीको सुविधा सहित दीर्घकालिन रुपमा बीमाको उच्च रिस्क कभरेज समेत गर्दछ । 

कम्पनीले दीर्घ जीवन, समृद्ध भविष्य भन्ने सन्देशका साथ यो योजना बजारमा ल्याएको हो । कम्पनीका अनुसार यस योजनाले बीमितहरुको मन जित्न सफल भएको छ । बोनस रेटसँगै यस योजनामा धेरै सुविधाहरु प्लस भएकोले बीमितहरुमा यस योजनाप्रति आकर्षण बढीरहेको कम्पनीले जनाएको छ ।

कम्पनीको बीमाशुल्क आर्जनमा यस योजनामा मूख्य योगदान पुर्‍याएको कम्पनीले जनाएको छ । साविक सूर्या लाइफ इन्स्योरेन्सको पोलिसीलाई हाल कम्पनीले मर्जरपछि नामकरण गरी सोही सुविधासहित बीमालेख बिक्री गरिरहेको छ । साविक सूर्या लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७८–७९ को बोनसदरअनुसार चौरासी पूजा नियमित भुक्तानी योजनामा कम्पनीले न्यूनतम ४५ रुपैयाँदेखि ७० रुपैयाँ र चौरासी पूजा अग्रिम एकल भुक्तानीमा प्रतिहजार ७५ रुपैयाँदेखि ९० रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।

सो आर्थिक वर्षका उक्त बीमा योजनाका बीमितहरुले सोही बोनस नै प्राप्त गर्नेछन्, जुन यो बीमा बजारमा सबैभन्दा सर्वाधिक बोनसदर हो । यस बीमा योजना अन्तर्गत बीमितले प्रिमियम भुक्तानीको लागि त्रैमासिक, अर्धवार्षिक वा वार्षिक विकल्प छनोट गर्न सक्नेछन् । यस योजनामा बीमितलाई प्रिमियम भुक्तानी अवधिको अन्त्यमा सञ्चित बोनस समेत भुक्तानी गरिनेछ ।

योजनामा बीमितको उमेर ८४ वर्ष पुग्दासम्म रक्षावरण हुनेछ भने बीमांक रकमको २५० प्रतिशतसम्म रिस्क समेत कभर गर्दछ । साथै बीमितले बीमाशुल्क भुक्तानी अवधि पश्चात् एकमुष्ठ आर्जित बोनस प्राप्त गर्नेछन् भने सो पश्चात् निजको उमेर ८३ वर्ष नपुग्दासम्म बीमाङ्कको ६ प्रतिशतका दरले वार्षिक पेन्सनसमेत पाउने छन् ।

८३ वर्ष पुरा भई ८४ वर्षमा प्रवेश गर्दा बीमितले बीमाङ्कको १५० प्रतिशत रकम बीमा वापतको अन्तिम भुक्तानी प्राप्त हुनेछ र सो रकमबाट बीमितले निजको चौरासी पूजा उत्सवका रुपमा धुमधामका साथ मनाउन सक्नेछन् । 

सूर्यज्योति चौरासी पुजा बीमा योजना १६ वर्षदेखि ६० वर्षसम्म उमेरका व्यक्तिहरुले १० देखि ५० वर्षसम्म बीमाशुल्क भुक्तानी अवधिका लागि खरिद गर्न सक्नेछन् । न्युनतम १ लाख रुपैयाँ बीमांक तोकिएको सो बीमा योजना एकल भुक्तानी तथा अग्रिम भुक्तानी तरिकामा समेत उपलब्ध छ । 

बीमा प्रारम्भको तीन वर्षपछि बीमा अवधिभर बीमा समर्पण र बीमालेख धितोमा कर्जा सुविधाको समेत व्यवस्था छ ।साथै यस पोलिसी अन्तर्गत अतिरिक्त प्रिमियम भुक्तानीसँगै विभिन्न अतिरिक्त लाभहरु समेत लिन सकिने छ ।

बीमितहरुले अतिरिक्त प्रिमियम तिरेर आकस्मिक दुर्घटना मृत्यु लाभ, दुर्घटनाबाट स्थायी रुपमा असक्तता र प्रिमियम छुट लाभ प्राप्त गर्न सक्नेछन् । 

यदि यी सुविधा लिएपछिको हकमा बीमितको दुर्घटनाबाट मृत्यु भएको खण्डमा वा स्थायी रुपमा असक्त भएमा बीमितलाई १ करोड रुपैयाँसम्म बीमा रकम प्राप्त हुने कम्पनीले बताएको छ 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement