Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुको चेतावनी, डब्ल्यूएचओले नाम दियो ‘डिजिज एक्स’

  |      17:50:00   |  
web imege
web imege

भदौ ११, काठमाडौं । कोरोनाभन्दा ७ गुणा ठूलो महामारी आउन सक्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन्। 

कोरोनापछि राहातको सास फेरिरहेकाहरुलाई फेरि वैज्ञानिकहरुको यस्तो चेतावनी अर्को त्रास उत्पन्न गरेको छ। यसले अहिले विश्वभर फेरि स्वास्थ्य सुरक्षाको विषयमा लिएर नयाँ बहस सुरु भएको छ। 
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सम्भावित महामारीलाई ‘डिजिज एक्स’ नाम दिएको छ। डब्ल्यूएचओले डिजिज एक्स विश्वभर फैलिन थालेको चेतावनी पनि दिएको छ। 

बेलायतका स्वास्थ्यविज्ञहरुले यो महामारी विश्वभर छिट्टै फैलिन सक्ने चेतावनी दिएका छन्। ‘यो कोरोनाभन्दा निकै घातक हुन सक्छ’, उनीहरुले भनेका छन्, ‘सन् १९१८–२०मा स्पेनिस फ्लुले विश्वभर ५ करोड मानिसको ज्यान लिएको थियो। डिजिज एक्सबाट त्यति नै संख्यामा मानिसको ज्यान जान सक्छ।’

बेलायतको भ्याक्सिन टास्कफोर्सका अध्यक्ष डेम केट बिंघमले डिजिज एक्स कोरोनाभन्दा ७ गुणा अधिक घातक हुन सक्ने बताए। ‘बेलैमा स्वास्थ्य सावधानी नअपनाए ५ करोडभन्दा बढीको ज्यान जान सक्छ’, उनले भने। 

डब्ल्यूएचओको तथ्यांकअनुसार विश्वभर कोरोनाबाट ७० लाख मानिसको ज्यान गएको थियो। अब आउने महामारीले थप चिन्ता बढाएको बिंघमले बताए।

डिजिज एक्स इन्फेक्सनबाट फैलिन महामारी रहेको वैज्ञानिकहरुले बताएका छन्। यो इन्फेक्सन कहाँबाट उत्पन्न भयो भन्नेबारे अझै पनि पत्ता लागेको छै। ‘यो एउटा अज्ञात भाइरस हो, यो जीवाणु, ब्याक्टेरिया वा फंगसबाट फैलिन सक्छ’, डब्ल्यूएचओले भनेको छ।

यो महामारी छिट्टै एक व्यक्तिबाट अर्कोमा सर्न सक्ने वैज्ञानिकहरुको भनाइ छ। यो जंगली वा घरपालुवा जनावबाट मानिसमा सर्न सक्ने अनुमान गरिएको छ। 

हाले डिजिज एक्सका बारेमा वैज्ञानिकहरुले निगरानी बढाएका छन्। –एजेन्सी

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement