भदौ २६, काठमाडौंसप्तरीको सुरुङ्गा नगरपालिका-२ मा मोटरसाइकलको ठक्करले घाइते एक महिलाको निधन भएको छ।
सप्तरीको भेडियादेखि कडरबोनातर्फ आइरहेको प्र-२-०१-००२ प २३४८ नम्बरको मोटरसाइकलको ठक्करले घाइते सुरुङगा नगरपालिका-२ की अघनिया देवी कोइरीको लहानस्थित सप्तऋषी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारको लागि बिराटनगरतर्फ जाने क्रममा बाटोमा रहेको सप्तरीको अहीर अस्पताल महुलीमा कोइरीको परीक्षण गर्दा चिकित्सकले मृत्यु घोषणा गरेको सप्तरी प्रहरीले बताएको छ।
सप्तरीको भेडियादेखि कडरबोनातर्फ आइरहेको सुरुङ्गा नगरपालिका-३ बस्ने निश्चल चौधरीले चलाएको मोटरसाइकलको ठक्करले घाइते कोइरीको सिरहाको लहानस्थित सप्तऋषी अस्पतालमा प्राथमिक उपचार भएको थियो। टाउको र दाहिने खुट्टामा गम्भीर चोट लागेर घाइते भएकी महिलालाई थप उपचारको लागि बिराटनगर रेफर गरिएको थियो।मोटरसाइकल र चालक चौधरीलाई इलाका प्रहरी कार्यालय कडरबोना सप्तरीले नियन्त्रणमा लिएको छ।