Advertisement
Advertisement
Advertisement
Advertisement

वैज्ञानिकको दाबी महिलाको मस्तिष्कमा जिउँदो जुका भेटिएको

  |      17:59:00   |  
web image
web image

भदौ १५, काठमाडौं । अस्ट्रेलियाकी एकजना महिलाको मस्तिष्कमा विश्वमै पहिलो पटक जिउँदो जुका भेटिएको वैज्ञानिकहरूले बताएका छन्।

उक्त जुका ८ सेन्टिमिटर लामो छ। तार जस्तो देखिने उक्त जुका ती महिलाको टाउकोको शल्यक्रिया गरेर गत वर्ष निकालिएको हो।

मस्तिष्कमा जिउँदो जुका भएकी ती महिलामा अस्वाभाविक लक्षणहरू देखिएका थिए। उनलाई पेट दुख्ने, खोकी लाग्ने र रातको समयमा पसिना आउने जस्ता समस्या देखिएका थिए।

उनमा बिस्तारै बिर्सँदै जाने र डिप्रेसनका लक्षणहरू पनि देखिएका थिए।रातो रङ्गको उक्त परजीवी ती महिलाको मस्तिष्कमा दुई महिनादेखि बसिरहेको हुन सक्ने चिकित्सकहरूले ठानेका छन्।

अनुसन्धानकर्ताहरूले यो घटनाले जनावरबाट मानिसहरूमा रोग र सङ्क्रमणहरू सर्ने खतरा बढेको सङ्केत गरेको बताएका छन्।

“चिकित्सकले एउटा अस्वाभाविक कुरा निकाल्न चिम्टा उठाउँदा र उनले हल्लिरहेको जिउँदो आठ सेन्टिमिटरको हलुका रातो रङ्गको जुका निकाल्दा शल्यक्रिया कक्षमा रहेका सबैजना झस्किएका थिए,” क्यानबरा अस्पतालका सङ्क्रामक रोगसम्बन्धी डा.सञ्जय सेनानायकले भने।

“यसलाई हामीले छ्या भन्नु एक ठाउँमा होला। यो नयाँ सङ्क्रमण यसअघि मानव जातिमा भेटिएको अभिलेख छैन,” उनले भने।

सागसब्जीबाट सरेको अनुमान
अस्ट्रेलियामा पाइने ‘कार्पेट पाइथन’ नामक एक प्रकारको सर्पमा यस्ता जुकाहरू प्रायःजसो पाइने चिकित्सकहरू बताउँछन्।

वैज्ञानिकहरूका अनुसार तालको छेउमा बस्ने ती महिलाले ताल वरपरको हरियो सागसब्जी खाने क्रममा जुका उनको मस्तिष्कमा पुगेको हुनसक्छ।

अस्ट्रेलियाका परजीवी विज्ञानविज्ञ मेहराब हुसेनले ‘इमर्जिङ इन्फेक्सियस डिजिजेज’ जर्नलमा प्रकाशित आफ्नो लेखमा यो घटनाबारे चर्चा गरेकी छिन्।

उनका अनुसार यस्तो परजीवी पाइने सर्पको बिस्टा वा जुकाको अण्डा भएको साग खाएका कारण महिलाको शरीरमा जुका पुगेको आकलन गरिएको छ।

ती महिला सन् २०२१ को ज्यानुअरी अन्तिममा अस्पतालमा भर्ना भएकी थिइन्। अस्पतालमा गरिएको स्क्यानका क्रममा मस्तिष्कको अघिल्लो भागमा अस्वाभाविक घाउ देखिएको थियो।

उनी बिरामी पर्नुको रहस्य सन् २०२२ को जुनमा बायोप्सीका लागि चिकित्सकले छुरा चलाएपछि मात्रै खुलेको थियो।
 

पहिलो घटनाले देखाएको जोखिम
चिकित्सा विज्ञानमा नयाँ इतिहास बनाएकी उनको स्वास्थ्यमा राम्रो सुधार भइरहेको बताइएको छ।

“मानिसको मस्तिष्कमा जुकाको लार्भा यसरी सङ्क्रमण गरेको घटना यसअघि आएको थिएन,” डा हुसेनले लेखेकी छिन्।

“मानिसको शरीरमा तेस्रो चरणसम्मको लार्भा विकसित भएको घटना उल्लेखनीय छ। किनभने यसअघिका परीक्षण अध्ययनहरूमा भेडा, कुकुर र बिराला जस्ता घरपालुवा जनावरमा लार्भाको विकास भएको पाइएको थिएन।”

अस्ट्रेलियन न्याश्नल विश्वविद्यालयमा चिकित्साका प्राध्यापक समेत रहेका डा सेनानायकले उक्त घटना मानिसहरूका लागि चेतावनी भएको बताए।  बीबीसीबाट

 

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement