Advertisement
Advertisement
Advertisement
Advertisement

शुक्रवारदेखि इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु

  |      17:14:00   |  
web imege
web imege

भदौ १५,काठमाडौं । हाम्रो ठाऊँ, हाम्रो उत्पादन’ भन्ने नाराका साथ महिला उद्योगी–व्यवसायीलाई प्रोत्साहन गर्न शुक्रवारदेखि इटहरीमा तीन दिने महिला उद्यमशीलता प्रदर्शनी सुरु भएको छ। 

प्रदर्शनी उद्घाटनका क्रममा उपसभामुख  इन्दिरा राना मगरले सरकारले महिला उद्यमीका निम्ति सहज वातावरण बनाउनु पर्ने बताइन्। ‘अहिलेकै अवस्थामा पनि महिला उद्यमीको उपस्थिती राम्रो छ, अझ सरकारले सहज बनाउने हो भने थप राम्रो हुनेछ,’ उनले भनिन, ‘ऐन–कानुन र विधेयक बनाउँदा पनि महिला उद्यमीको हितमा केन्द्रीत हुनुपर्छ।’

महिला विभागकी प्रमुख कमला श्रेष्ठले पनि महिला उद्यमीहरूको हित अनुकुल हुने ऐन–कानुन र विधेयक ल्याउन सरकारलाई दबाब दिनुपर्ने आवश्यक रहेको जानकारी दिइन्। 

प्रदर्शनी उद्घाटनका क्रममा सङ्घीय सांसद कल्पना चौधरी र प्रदेश सांसद मीना श्रेष्ठलाई सम्मान गरिएको थियो।

इटहरी उद्योग वाणिज्य सङ्घकी महिला उद्यम समितिकी संयोजक मिना ढकालका अनुसार प्रदर्शनीमा महिला उद्यमीले उत्पादन गरेका कोशी प्रदेशभरीका विभिन्न वस्तुका ७५ वटा स्टल राखिएको छ। जसमा घरेलु, लघु उद्योगबाट निर्मित दैनिक उपभोग्य विविध सामाग्रीहरु, जडिबुटी, हस्तकलालगायत सौन्दर्यसम्बन्धी कला सामाग्रीहरू राखिएका छन्।

लायन्स क्लबको हलमा रहेको प्रदर्शनीमा उत्कृष्ट र सिर्जनशील उद्यमी तीन जनालाई छनोट गरेर पुरस्कार प्रदान गरिनेछ।उत्कृष्ट एवम् सिर्जनशील उद्यमी छनोट गर्नका लागि पाँच सदस्यीय समिति पनि गठन गरिएको छ। 

प्रदर्शनीका क्रममा हरेक दिन साँझ सांस्कृतिक कार्यक्रम पनि सञ्चालन गरिनेछ। प्रदर्शनीमा आउनेलाई मनोरञ्जनका लागि साँस्कृतिक कार्यक्रम गर्न लागिएको हो।  

प्रदर्शनीमा कुल १४ लाख ३५ हजार रुपैयाँ खर्च हुने उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले बताए। प्रदर्शनीमा  ५० हजार अवलोकनकर्ता आउने अनुमान गरिएको छ।  

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement