Advertisement
Advertisement
Advertisement
Advertisement

कर्मचारीमाथि अश्लील हर्कत गर्ने दत्तले प्राध्यापकबाट पनि दिए राजीनामा

  |      17:21:00   |  
web image
web image

चैत १४ , काठमाडौं । भर्चुअल बैठकमा कर्मचारीमाथि अश्लील हर्कत गर्ने कृषि तथा वनविज्ञान विश्वविद्यालय, रामपुरका कृषि संकायका डीन जयप्रकाश दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएका छन् ।

दत्तले जुम मिटिङ चलिरहेका बेला क्याम्पसको महिला कर्मचारीसँग अश्लील हर्कत गरेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाही गर्न आवाज उठेको थियो । यसअघि डीन पदबाट निलम्बित दत्तले प्राध्यापक पदबाट पनि राजीनामा दिएको उपकुलपति प्रा.डा.पुण्यप्रसाद रेग्मीले बताए ।

'अब उनको जागिर सिद्धियो, डीन सिद्धियो । त्यो भन्दा ठूलो कारबाही के हुन्छ’ रेग्मीले भने । दत्तले प्राध्यापक पदबाट दिएको राजीनामामा आफूले तोक लगाइसकेको र कार्यकारी परिषद बैठकमा पेश गर्ने उपकुलपति रेग्मीले बताए ।

क्याम्पसमा कतिपय प्राध्यापक भने उपकुलपति रेग्मीले दत्तमाथि बेलैमा कारबाही अघि नबढाएकाले आशंका भएको बताउँछन् । हालै सार्वजनिक दत्तको राजीनामा पत्रमा डीन पदबाट निलम्बन गरी आफूमाथि छानबिन गर्न आग्रह गरिएको थियो ।

उक्त पत्र सार्वजनिक भएपछि मात्र उपकुलपति रेग्मीले निलम्बन गरेको एक प्राध्यापकले बताए । ‘भिडियो सार्वजनिक हुनासाथ विश्वविद्यालयले एक्सन लिनुपर्नेमा त्यही व्यक्तिले मलाई निलम्बन गरियोस् भनेपछि मात्रै कारबाही गर्नु अपाच्य नै हो ।’

विश्वविद्यालयका प्राध्यापक माधव पाण्डेले सामाजिक सञ्जालमा उपकुलपतिमाथि आशंका भएको उल्लेख गरेका छन् । उनले फेसबुकमा लेखेका छन् ‘कृषि तथा वनविज्ञान विश्वविद्यालयमा उपकुलपति भन्दा डीन उच्च ओहोदाका हुन् भन्ने शंका भयो ।’

उपकुलपति रेग्मीले भने विश्वविद्यालयले निलम्बनको तयारी गरिरहेको बेला दत्तले निवेदन दिएको बताए । ‘हामीले कानुनी व्यवस्था अनुसार प्रक्रिया अगाडि बढाइरहेकै बेला उहाँले निवेदन दिनुभएको थियो । निवेदन दिएपछि निलम्बन गरिएको भन्ने होइन ।’

 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement