Advertisement
Advertisement
Advertisement
Advertisement

फिल्मकर्मीको पहलमा स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उद्धार

  |      18:48:00   |  
web image
web image

फागुन १६, काठमाडौं । अभिनेता सविन श्रेष्ठसहित केही फिल्मकर्मीको पहलमा स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीलाई गोलढुंगाबाट उद्धार गरेर उपचारका लागि अस्पताल भर्ना गरिएको छ । नेपाल स्नेही काख नामक संस्थाले उद्धार गरेर सोमबार बेलुका सातदोबाटोस्थित एक मानसिक अस्पतालमा उनीहरुलाई राखेको छ । उनीहरुलाई सोही संस्थाले आश्रय समेत दिने भएको छ ।

 

बसन्ती, बलिदानजस्ता चर्चित फिल्मका अभिनेता राणाको निधनपछि उनकी हनी राणा र कान्छी छोरी आरतीमा मानसिक समस्या देखिएको थियो । श्रीमती डिप्रेसनबाट पीडित थिइन् भने छोरी सानैदेखि सुस्त मनस्थितिबाट ग्रस्त थिइन् । हातमुख जोर्न नै मुस्किल भएको उक्त परिवारको दयनीय अवस्थाबारे टिकटकबाट भिडियो सार्वजनिक भएपछि यसतर्फ फिल्मकर्मीले चासो दिएका थिए ।

 

राणाकी जेठी छोरी नन्दनीलाई पनि उपचार र व्यवस्थापनको जरुरी रहेको अभिनेता श्रेष्ठले जानकारी दिए । ‘उपचार र आश्रय गर्नेगरी हाम्रो रोहवरमा उहाँहरुको उद्धार गरिएको छ,’ श्रेष्ठले भने, ‘उपचारका लागि हामीले रकम जुटाउँछौं र उहाँहरुलाई निको तुल्याउँछौं ।’ फिल्म निर्देशक सुरेशदर्पण पोखरेल र सविनले यसतर्फ पहल गरेका छन् । अन्य केही फिल्मकर्मीले पनि उपचार र व्यवस्थापनमा सहयोग गर्ने वचन दिएका छन् । अभिनेत्री सुरक्षा पन्तले पनि सघाउने वचन दिएकी छन् ।

 

अभिनेता श्रेष्ठले पछिल्लो समय सामाजिक कार्यमा पनि सक्रियता दर्शाएका छन् । चलचित्र कलाकार संघको आसन्न चुनावमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका उनले कलाकारको हकहितलाई चुनावको प्रमुख एजेण्डा बनाएका छन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement