Advertisement
Advertisement
Advertisement
Advertisement

परराष्ट्रमन्त्रीको प्रश्न- कार्यकारीको सट्टा सल्लाहकारले नेतृत्व गर्न मिल्छ ?

  |      15:27:00   |  
web image
web image

फागुन १५, काठमाडौं । परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले सल्लाहकारको नेतृत्वमा संयुक्त राष्ट्रसंघीय मानव अधिकार  परिषदमा टोली पठाएको विषयमा प्रश्न उठाएकी छिन् ।

 

सोमबारको राष्ट्रिय सभा बैठकमा उनले कार्यकारीलाई रोकेर सल्लाहकारलाई पठाउन मिल्छ कि मिल्दैन भन्दै सरकारलाई प्रश्न गरिन् । जेनेभामा हुने मानव अधिकार परिषद्को बैठकका लागि आइतबार साँझ उनी त्यसतर्फ जाने तयारी भए पनि अन्तिम समयमा प्रधानमन्त्री प्रचण्डले उनको भ्रमण रोकेका थिए ।

 

टोलीमा विज्ञ भनेर थपिएका व्यक्तिलाई सल्लाहकार नियुक्त गरेर अख्तियारी दिन लागिएको भन्दै मन्त्री पौड्यालले यसको वैधतामाथि प्रश्न उठाइन् ।

 

‘अहिले सुन्नमा आएसम्म जसलाई विज्ञ भनेर टोलीमा समाहित गरेका थियौँ, उहाँले नेपालको टोलीको नेतृत्व गर्ने भन्ने कुरा आएको छ,’ उनले भनिन्, ‘सल्लाहकारमा नियुक्ति गरेर अख्तियारी दिने हो कि भन्ने कुरा पनि हामीले सुनेका छौँ । यसको कानुनी हैसियत के हो र कार्यकारीले नेतृत्व गर्ने सभामा सल्लाहकारले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? अथवा विज्ञले नेतृत्व गर्न मिल्छ कि मिल्दैन ? यस्ता केही कानुनी कुरा छन् जसलाई प्रस्ट पार्न जरुरी हुन्छ ।’

 

सरकारले नेपालको प्रतिनिधित्व गर्दै पूर्वकानूनमन्त्री गोविन्दप्रसाद शर्मा कोईरालालाई पठाउने निर्णय गरेको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement