Advertisement
Advertisement
Advertisement
Advertisement

सञ्चारमन्त्रीद्धारा टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन

  |      16:01:00   |  
web image
web image

माघ २२, काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आधुनिक प्रविधिको उच्चतम् प्रयोग गर्दै टेलिकम्युनिकेसन सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन निर्देशन दिएकी छिन् ।

 

नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा यहाँ आयोजित कार्यक्रममा उनले प्रविधिको विकास उपभोक्ताको चाहना र बजारको मागलाई दृष्टिगत गरी सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउनुपर्ने बताइन्।

 

उनले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशंसनीय कार्य रहेको भन्दै आगामी दिनमा यसलाई अझ व्यापक बनाउन निर्देशन दिए ।

 

विगतका सरकारले अघि सारेको घरघरमा इन्टरनेट र हातहातमा मोबाइलको महत्वाकाङ्क्षी नाराले सार्थकता पाएको भन्दै उनले आगामी दिनमा आफ्नै भू-उपग्रह स्थापना गरी सेवा दिने लक्ष्य लिनुपर्ने बताइन् ।


सरकारको अधिकांश स्वामित्व भएको संस्थाले सरकारको सोंच र लक्ष्यलाई पूरा गर्ने उद्देश्यसहित मुलुकका सुगमदेखि अतिविकट स्थानमा नाफारहित भए पनि दूरसञ्चार र सूचना प्रविधिको सेवा उपलब्ध गराउने जिम्मेवारी नेपाल टेलिकमको भएको बताइन् ।

 

‘वर्तमान संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेको भन्दै नेपाल टेलिकमजस्ता आत्मनिर्भर संस्थानको संरक्षण र सम्वर्द्धन गरी सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्वपूर्ण स्रोतका रुपमा स्थापित गर्ने राज्यको प्राथमिकता हुनेछ’, उनले भनिन् ।

 

सरकारले सूचना प्रविधिको प्रयोगमार्फत नागरिकलाई प्रदान गर्ने सबैखाले सेवालाई सरल, सुलभ र विनाअवरोध उपलब्ध गराउन सबैको साझा दायित्व रहेको बताइन् । उनले आजका दिनसम्म कम्पनीले तीन हजार आठ सय कर्मचारीमार्फत उत्पादन देशभरिका एक करोडभन्दा बढी ग्राहकसँग सेवा पुर्‍याएको भन्दै आगामी दिनमा जनताले प्रत्यक्ष लाभ महसुस गर्ने सेवालाई परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्ने आवश्यकता रहेको बताइन् ।

 

दुर्गमका कार्यालयमा कर्मचारीको अभावमा सेवा प्रभावकारी हुन नसकेको, समयमै मर्मत हुन नसकेको समस्यालाई छिट्टै समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकता दिन जरुरी भएको बताइन् ।

 

‘न्यूनतम सञ्चालन खर्चमा अधिकतम उत्पादन हासिल गरी ग्राहक सेवालाई गुणस्तरीय सस्तो र सर्वसुलभ बनाउँदै कर्मचारीको सेवासुविधालाई वृद्धि गर्दै लैजाने तथा राज्य र लगानीकर्तालाई अधिकतम प्रतिफल दिनु दायित्व नेपाल टेलिकमसँग छ’, उनले भनिन् । यसका लागि उच्च व्यवस्थापनदेखि सबै तहका नेतृत्वले गर्नुपर्ने काम स्पष्ट व्यवस्था गरिएको उनको भनाइ छ ।

 

मन्त्री शर्माले समयमै आयोजनाको काम पूरा गर्न पनि निर्देशन दिइन् । विकट क्षेत्रमा सेवा बिस्तार तथा मानवीय बस्तीमा टावर बिस्तार, वन क्षेत्रमा हुने पूर्वाधार विकास चुनौतीपूर्ण रहेको रहेको उनको भनाइ छ ।

 

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा वैकुण्ठ अर्यालले ग्राहकको सन्तुष्टिलाई सर्वोपरी राख्नुपर्ने दायित्वलाई दृष्टिगत गति सेवा निरन्तर, भरपर्दो र गुणस्तरीय बनाउनुपर्ने बताइन् । साथै नेपाल टेलिकमलाई प्रतिस्पर्धी बजारमा दरिलो उपस्थिति जनाउन तथा गुणस्तरीय सेवा सुलभ दरमा देशभर पुर्‍यानुपर्ने आवश्यकता औँल्याइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement