Advertisement
Advertisement
Advertisement
Advertisement

प्रधानमन्त्री पदबाट राजीनामा दिदा हाँसी हाँसी सम्बोधन गरेकी जसिन्डाको अन्तिम सम्बोधन

  |      18:27:00   |  
web image
web image

माघ ११, काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेनले पदबाट राजीनामा दिने घोषणा गरेकी छन्। प्रधानमन्त्री पदलाई अब आफूले न्याय दिन नसक्ने भन्दै उनले एक साताअघि राजीनामा घोषणा गरेकी हुन्। ३७ वर्षको उमेरमा टापु राष्ट्र न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डेन बनेकी थिईन् । 

प्रधानमन्त्रीबाट राजीनामा दिएपछि उनले मंगलबार एक कार्यक्रममा सम्बोधन गरिन्। यो सम्बोधन न्युजिल्याण्डको प्रधानमन्त्रीका रूपमा अन्तिम रहने उनको भनाई थियो।

उनको उक्त सम्बोधनको भावानुवाद:

मेरो नियत आज सम्बोधन गर्ने नै थिएन। म आज औपचारिक सम्बोधन पनि गर्ने छैन। जाँदाजाँदै न्युजिल्याण्डका भावी प्रधानमन्त्री र तपाईंहरूका लागि केही मन्तव्य राख्न पाउँदा भने म असाध्यै खुशी छु। तपाईंहरूको साथ र सहयोग मेरा लागि निकै महत्वपूर्ण थियो। म तपाईंहरूप्रति कृतज्ञता ज्ञापन नगरिरहन सक्दिनँ। 

रोस्नरमा न्युजिल्याण्डकी प्रधानमन्त्रीका रूपमा अन्तिम सम्बोधन मेरा लागि विशेष र सांकेतिक छ। केही कारणले मेरो लागि यो कार्यक्रम निकै विशेष छ। म के भन्न चाहन्छु भने आउँदा जति उत्साहजनक रूपमा पदमा आइन्छ जाँदा उत्तिकै उत्साहका साथ जानुपर्छ। म आउँदा पनि ब्रास ब्यान्ड सँगै थियो। कस्तो संयोग, रास्नाबाट विदाइ हुँदा पनि ब्रास बान्डका साथ मेरो विदाइ हुँदैछ। 

मेरा सहकर्मीहरूसँग यहाँ उपस्थित हुन पाउँदा म निकै खुशी छु। म छातीमा हात राखेर भन्छु, यहाँ उपस्थित सहकर्मीहरू न्युजिल्याण्डको नेतृत्व गर्न काबिल हुनुहुन्छ। म एक्लैले कहिल्यै न्युजिल्याण्डको नेतृत्व गरेको होइन। यो राष्ट्रका सेवकहरूको सहयोगमा मैले मुलुकको नेतृत्व गरेकी हुँ। म न्युजिल्याण्डका जनतालाई निसंकोच भन्न सक्छु कि तपाईंहरूलाई उत्कृष्ट र असल व्यक्तिहरूले शासन गर्नेछन्। 

मैले प्रधानमन्त्री पदबाट राजीनामा दिन्छु भनेसँगै र दिएसँगै विभिन्न कोणबाट छलफल भइरहेको छ। म सुत्केरी अवस्थामा पनि मुलुकको नेतृत्वमै थिएँ। मेरो अवस्थाबारे जानकार तपाईंहरूले जसरी मलाई सहयोग गर्नुभयो र मेरो मातृत्व अनुभवलाई सहज र उत्साहजनक बनाउन साथ दिनुभयो तपाईंहरूप्रति निकै कृतज्ञ छु।

सुत्केरी बिदापछि कामकाजमा फर्किँदा उपहारका साथ तपाईंहरूले गर्नुभएको स्वागत अविष्मरणीय छ। म तपाईंहरूको अपार माया, सद्धभाव र विश्वास प्राप्त गरेर यो पदमा विराजमान थिएँ। तपाईंहरूकै माया, सद्धभाव र हौसलालाई मुटुमा राखेर  मैले यो पद त्यागेकी हुँ। मलाई मेरो जीवनकालकै महत्वपूर्ण अवसर दिनुभएकोमा तपाईंहरूप्रति विशेष आभार !

अब प्रधानमन्त्रीका रूपमा चिप्पीका रूपमा परिचित साथी क्राइस हिप्किन्स आउँदैछन्। उनी निकै असल छन् र तपाईंहरूको वृहत्तर हितका लागि मुलुकको नेतृत्व गर्नेछन्। उनी न्युजिल्याण्डका लागि कुशल अभिभावक हुनेछन् भन्ने मेरो विश्वास छ। 

तपाईंहरूले अब मलाई घरेलु राजनीतिमा टिप्पणी गरेको सुन्न पाउनु हुनेछैन, यसको जिम्मेवारी नयाँ साथीहरूलाई। अब मलाई सदनको अन्तिम लहरमा देख्नु हुनेछ।

म अब एउटा असल आमा र दिदीका रूपमा आफ्नो जीवन व्यतित गर्न चाहन्छु। मेरो जीवनकालकै अविष्मरणीय र महत्वपूर्ण जिम्मेवारीको अवसर मलाई दिनुभएकोमा तपाईंहरूप्रति सदैव कृतज्ञ रहनेछु।

स्रोत -सेतोपाटी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement