Advertisement
Advertisement
Advertisement
Advertisement

नेपालगञ्जमा दादुराको प्रकोप बढ्दो, संक्रमित बालबालिकाको संख्या ११० पुग्यो

  |      16:38:00   |  
web imege
web imege

पुष २७, बाँके। बाँकेको नेपालगञ्जमा दादुराको प्रकोप दैनिक रुपमा फैलिँदै गएको छ। दादुरा संक्रमित बालबालिकाकको संख्या नेपालगञ्जमा ११० पुगेको छ। जसमध्ये एक जनाको मृत्यु भइसकेको छ भने दुई जना उपचाररत छन्। दुई जना बालबालिकाको उपचार भेरी अस्पतालमा भइरहेको छ। २५ र २६ गते गरी दुई जना बालबालिकाका अस्पताल भर्ना भएका हुन्।

बाँकी बालबालिकाहरु घरमै आइसोलेसनमा रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए। उनका अनुसार ५० प्रतिशत बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार भइसकेको छ।  

कुल बिरामी ११० मध्ये ७० प्रतिशत अर्थात् ७७ जना बालबालिकाले दादुराविरुद्ध खोपको मात्रा पुरा नगरेको पाइएको उनले बताए। दादुरा रुबेला विरुद्धको खोप शिशु जन्मेको ९ र १५ महिना गरी दुई मात्रा लगाउनुपर्दछ। यी बालबालिकाहरुले १३ प्रकारका खोपमध्ये सबै खोप लगाएको तर दादुरा-रुबेलाविरुद्धको दोस्रो मात्रा भने नलगाएको पाइएको हो।

‘दादुराको खोपको दुई मात्रा पुरा गर्नुपर्ने हुन्छ। तर ७० प्रतिशत बालबालिकाको दादुरा रुबेला विरुद्ध खोपको दोस्रो मात्रा पुरा नगरेको पाइयो।,’ उनले भने।

खोपको मात्रा पुरा नहुनुसँगै जनचेतनाको कमी र कुपोषणका कारण पनि दादुरा फैलिएको हुन सक्ने उनको अनुमान छ।  जिल्लामा दादुरा किन र कसरी फैलियो भन्ने बारेमा छलफल भइरहेको पनि उनले बताए। 

१३ वटा खोप केन्द्र सञ्चालन
खोप नलगाएका बालबालिकाहरु दादुराबाट बढी प्रभावित भएको भेटिएपछि बाँकेमा पुष २२ गतेदेखि दादुरा रुबेला विशेष खोप अभियान सञ्चालन भएको छ। गत पाँच दिनमा त्यहाँ ३ हजार ९३२ जना बालबालिकालाई दादुरा रुबेला विरुद्धको खोप लगाइएको श्रेष्ठले जानकारी दिए। 

१ हजार ८९३ बालिका र २ हजार २९ बालक गरी ३ हजार ९३२ जनालाई खोप लगाइएको छ। वडा नं ४ मा ३२०, ५ मा १ हजार २५२, ७ मा ९५५, ८ मा ६६१, १४ मा २७१, र १५ मा ४७३ जनाले दादुरा रुबेला विरुद्धको खोप लगाएका छन्। 

बढीभन्दा बढी बालबालिकालाई खोप लगाउन खोप केन्द्रको संख्या बढाइएको छ। हाल १३ वटा खोप केन्द्रबाट बालबालिकालाई खोप लगाउन थालिएको उनले बताए। नेपालगञ्ज उपमहानगरपालिका अन्तर्गत १, ४, ५, ७, ८, १४ र १५ का ७ वटा वडाका १३ वटा खोप केन्द्रबाट ६ महिनादेखि १५ वर्ष मुनिका बालबालिकाहरुलाई दादुरा रुबेला विरुद्धको खोप प्रदान गरिरहेको उनले बताए। उक्त खोप केन्द्र बिहान १० देखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ।

दादुरा संक्रमण नियन्त्रणका लागि पहल गरिरहेको श्रेष्ठले बताए। खोप लगाउन छुटेका बालबालिकालाई घर–घरमा खोज्ने अभियान समेत सञ्चालन गरेको उनले बताए।

‘हामी हरेक बच्चाहरु खोज्दै हिडिरहेका छौँ।’ उनले भने, ‘रोगको लक्षण देखिने बित्तिकै स्वास्थ्यकर्मीहरु सम्बन्धित ठाउँमा पुग्नुहुन्छ। दादुरा नियन्त्रण गर्ने प्रयासमा छौँ र नियन्त्रणकै क्रममा पनि छ।’ 

दादुरा नियन्त्रणका लागि बाँकेमा दुई सयभन्दा बढी स्वास्थ्यकर्मीहरु परिचालित रहेको उनले जानकारी दिए। खोप केन्द्रमा आवश्यक मात्रामा दादुरा रुबेला खोप तथा भिटामिन ए क्याप्सुल सप्लाई तथा मौज्दात रहेको उनले जानकारी दिए। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement