Advertisement
Advertisement
Advertisement
Advertisement

स्थानीयबासीलाइ बालेनले भेट्न अस्वीकार गरेपछी उपमेयर डंगोलले बुझीन् ज्ञापानपत्र

  |      17:54:00   |  
web imege
web imege

पुस १८ , काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ९बालेन०ले खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना स्थगनको माग गर्दै ज्ञापानपत्र बुझाउन पुगेका स्थानीयबासी र संरक्षण अभियान्तालाई भेट्न अस्वीकार गरेका छन् ।

खुलामञ्च जोगाउन र टुँडिखेललाई पुरानै अवस्थामा फर्काउन माग गर्दै दबावमुलक अभियान चलाइरहेका स्थानीय र संरक्षण अभियान्ताले आज काठमाडौं महानगरपालिका कार्यालय अगाडि प्रदर्शनपछि मेयर साहलाई ज्ञापनपत्र दिने कार्यक्रम थियो ।

तर, साह ज्ञापनपत्र बुझ्न पुगेनन् । बालेनको सचिवालयले मेयरलाई माघको पहिलो हप्तासम्म फुर्सद नभएको जवाफ दिएको अकुपाई टुँडिखेललाई अकुपाई टुडिखेलका प्रवक्ता सन्जय अधिकारीले बताए । साह नआएपछि उपमेयर सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले ज्ञापनपत्र बुझेका छन् ।

ज्ञापनपत्र बुझ्दै उपमेयर डंगोलले सार्वजनिक जग्गा सरक्षण गर्नुपर्ने कुरामा दुई मत नरहेको बताइन् ।

‘पहिलो प्राथमिकता भनेको आवश्यकता हो कि होइन, भन्ने हो । वरिपरि भएका पार्किङले सम्बोधन गर्छ भने नयाँ सरचना बनाउनै पर्दैन,’ उनले भनिन्,’लोकतान्त्रिक पद्धति सबैभन्दा माथि जनता हो । जनतासँग परामर्शविना कुनै काम महानगरले केही गर्दैन ।’

ज्ञापनपत्र दिन पुगेका पूर्वमन्त्री तथा कांग्रेस नेता भिमसेन प्रधानले टुडिँखेल र खुल्ला मञ्च भूमिगत पानीको ‘रिजार्ज सेन्टर’ भएकोले मास्न नहुने बताए । ‘वरिपरि सबैतिर पार्किङ हुदा फेरि त्यहीँ किन चाहियो रु काठमाडौको जनभावाना नसमेट्ने हो भने मेयर, उपमेयरको केही हैसियत हुदैन,’ उनले भने,’जनताको कुरा सुन्न पर्छ, बरु अझै नयाँ खुला पार्क बनाउनुपर्छ । टुडिँखेल भित्र कुनैपनि हालतमा पार्किङ हुनुहुदैन ।’

सोमबार खुलामञ्चमा भूमिगत पार्किङ नबनाउन र त्यसलाई खुला पहुँचमा राख्न माग गर्दै स्थानीयहरु महानगरपालिको गेटमा धर्ना दिन पुगेका थिए ।

सम्पदाप्रेमीहरुले नागरिकस्तरबाट ‘अकुपाई टुँडिखेल’ अभियान चलाउँदै आएका छन् । सोही अभियान अन्तर्गत आज बिहान महानगरपालिका कार्यालय अगाडि मानव सांग्लो बनाएर प्रदर्शन गरिएको थियो ।

टुँडिखेललाई पूर्ववत अवस्थामा फर्काउन माग गर्दै यसअघि तीन महिनासम्म ‘अकुपाई टुँडिखेल’ अभियान चलाइएको थियो । सो अभियानमा ऐक्यबद्धता जनाउन आज विश्व स्वतन्त्रता दिवसको अवसर पारेर प्रदर्शन गरिएको हो ।

यसअघि स्थानीयहरुले सार्वजनिक रुपमा नै योजनामा अघि नबढ्न महानगरपालिकालाई चेतावनी दिंदै आएका थिए । तर, महानगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन बनाइछाड्ने बताएपछि आन्दोलन सुरु भएको छ ।

काठमाडौं महानगरपालिका काठमाडौंकै ‘फोक्सो’ भनिने टुँडिखेलको खुलामञ्चभित्र तीनतले भूमिगत पार्किङ बनाउने योजनामा अगाडि बढेको छ । नगरविकास कोषलाई अध्ययनको जिम्मेवारी दिएको महानगरपालिकाले यो योजनाबारे स्थानीयस्तरमा कुनै छलफल चलाएको छैन ।

महानगरपालिकाको यो योजनाले भित्री शहरका जनताले सास फेर्न, कुलपूजा र भोज तथा आम जनताले राजनीतिक कार्यक्रम गर्न जनताले नै जोगाएको खुलामञ्चको अस्तित्वलाई नै जोखिममा पारेको छ ।

महानगरले गुपचुप रूपमा योजना अगाडि बढाएपछि स्थानीयदेखि शहरी यातायात विज्ञहरूसम्मले यसबारे स्पष्टीकरण मागेका छन् । तर, मेयर साहले यसबारे कुनै सार्वजनिक प्रतिक्रिया दिएका छैनन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement