पुस ७, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले राष्ट्रहितको मुद्दालाई पहिलो प्राथमिकता दिएर काम गर्ने बताएकी छन् । बिहीबार शपथग्रहण प्रश्चात् संघीय संसद् भवन बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै सांसद गौतमले यस्तो प्रतिक्रिया दिएकी हुन् ।
कानुनी निर्माण गर्ने ठाउँमा आएकाले हरेक नेपाली नागरिकको जनजीविकाको विषयमा आफूहरुले संसदमा आवाज उठाउने बताइन् ।उनले एउटा सांसद मात्रै नभएर राष्ट्रिय स्वतन्त्र पार्टी नै राष्ट्रहितको मुद्दामा एक भएर राष्ट्रलाई अगाडि बढाउने विषयमा निरन्तर सक्रिय रहने बताएकी हुन् ।