Advertisement
Advertisement
Advertisement
Advertisement

थाइल्यान्डमा चमेराको मासु खाएर भिडियो सार्वजनिक गर्ने महिला पक्राउ

  |      10:40:00   |  
web image
web image

कात्तिक २८, काठमाडौं। थाइल्यान्डमा एक महिलाले एउटा कचौरामा सोरबा, टमाटर र चमेरोको मासु खाइरहेको भिडियो सार्वजनिक गरेपछि पक्राउ परेकी छन् । सोमबार, फोनचानोक श्रीसुनाक्लुआले उनको युट्युब च्यानलमा “जिन जाप बेन नुआ नुआ ९मसालेदार र स्वादिष्ट खानुहोस्०“ शीर्षकमा पेट मन्थन गर्ने भिडियो पोस्ट गरिन ।

भिडियो क्लिपमा उनी कालो रंगको सुपको अगाडि बसेकी थिइन् जसमा धेरै मरेका चमेराहरू थिए। उनले मरेका जनावरहरू मध्ये एउटा उठाइन् र मासुलाई निम जाम नामक चटनीमा डुबाउनुअघि टुक्रा पारिन ।

समाचार विवरणअनुसार उनले भिडियोमा आफूले पहिलो पटक चमेरा खाएको बताएकी छिन् । उत्तरी थाइल्यान्डको लाओस सीमानजिकको एउटा बजारबाट उनले उक्त चेमेरा  किनेकी थिइन् । उनले आफ्नो खानेकुरालाई स्वादिलो भन्दै स्वादलाई काँचो मासुसँग तुलना गरेकी थिइन् । सार्क–कोभ–२९जसबाट कोभिड महामारी फैलियो०  सङ्क्रमित चमेरा उनले मासु किनेको ठाउँमा फेला परेको थियो ।

उनको भिडियोप्रति इन्टरनेटका प्रयोगकर्ताले विभिन्न प्रतिक्रिया जनाएका छन् । कसैले उक्त भिडियोलाई डरलाग्दो भनेका छन् भने केहीले स्वास्थ्यबारे चासो देखाएका छन् । एक प्रयोगकर्ताले नयाँ कोरोनाभाइरसको कथित उत्पत्तिलाई औँल्याएका थिए । ‘यदि तपाई मर्दै हुनुहुन्छ भने एक्लै मर्नुहोस् । कसैले पनि तपाइलाई दोष दिनेछैन । तर, महामारी सुरु भयो भने तपाइ अभिसप्त हुनुहुनेछ’, प्रयोगकर्ताले लेखेका छन् ।

सर्वसाधारणको आक्रोशपछि उनको युट्युब च्यानलबाट भिडियो हटाइएको छ । उनी दोषी ठहर भएमा उनलाई ५ वर्ष कैद र ५ लाख भाट जरिवान हुनेछ । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement