Advertisement
Advertisement
Advertisement
Advertisement

बालबालिकाको रेखदेखमा ध्यान पुर्‍याउन काठमाडौं प्रहरीको अनुरोध

  |      17:50:00   |  
web image
web image

कात्तिक १७, काठमाडौं। काठमाडौंको लाजिम्पाटमा स्‍कुल बसको झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर एक बालकको मृत्यु भएपछि प्रहरीले बालबालिकाको रेखदेखमा ध्यान पुर्‍याउन अनुरोध गरेको छ।

काठमाडौं महानगरपालिका-२ लाजिम्पाटस्थित बेस्ट इलिमेन्टरी मन्टेश्वरी स्कुलको कक्षा ५ मा अध्ययनरत १३ वर्षीय बालकको उपचारको क्रममा बिहीबार बिहान २ बजे मृत्यु भएको हो। उनको टिचिङ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यसरी दुर्घटना हुनबाट जोगिन बालबालिकाको रेखदेखमा ध्यान पुर्‍याउन जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरेको हो।

‘बालबालिका हाम्रा वर्तमान र भविष्य भएकाले तिनको लालनपालन र रेखदेखमा उचित ध्यान पुर्‍याउन पर्ने हुन्छ। सानो असावधानीले मात्रपनि ठूलो घटना घट्न जाने हुन्छ,’ परिसरले भनेको छ, ‘तसर्थ, सम्बन्धित निकायले समयमै ध्यान पुर्‍याउन हुन समेत यस परिसर अनुरोध गर्दछ।’

यस्तै कानुनको अज्ञानता क्षम्य नहुने भन्दै कानुनको पलना गरी कुनै पनि घटना हुनबाट आफू पनि जोगिन र अरूलाई पनि जोगाउन प्रहरीले अनुरोध गरेको छ।

बुधबार दिउँसो साढे ३ बजे स्कुल छुट्‍टी भएपछि घर जान बा १ क ४६४२ नम्बरको बसको अन्तिम सिटमा ती बालक बसेका थिए। बस गुडेपछि उनले झ्यालबाट टाउको निकाल्दा रूखमा ठोक्किएर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

यस घटनाको अनुसन्धान प्रहरी वृत्त दरबारमार्गले गरिरहेको छ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement