Advertisement
Advertisement
Advertisement
Advertisement

विवाहसम्बन्धी २० वर्षे उमेर हद घटाउनुपर्छ : सांसद गंगा चौधरी

  |      19:23:00   |  
Web Image
Web Image

जेठ २३, काठमाडौं । महिलाको मात्र भावना नभई पुरुषको पनि भावना बुझेर कानुन निर्माण हुनुपर्नेमा सांसद गंगा चौधरीले जोड दिएकी छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले यौन हिंसा आफैमा जघन्य अपराध भएकोले सबैलाई समेटेर कानुन निर्माण गर्नुपर्ने बताइन् ।

उनले भनिन्, ‘कानुन सबैलाई लागू हुनुपर्छ । कानुन जति कठोर बनाएपनि कार्यान्वयन पक्ष फितलो भयो भने त्यसको काम छैन ।’  सांसद चौधरीले समाजमा पछिल्लो समयमा भैरहेका यौनहिंसा घटनामा महिला र पुरुष दुबै दोषी भएको उनको भनाई थियो । उनले पल शाह प्रकरणलाई पनि मन मिलुञ्जेल माया र मन नमिलेपछि यौन हिंसाको संज्ञा दिइएको बताइन् । उनले प्रश्न गरिन् स् ‘केही दिन अघिको पल शाह प्रकरणलाई हेरौं, पल र युवतीबीच जबसम्म मन मिल्यो, त्यसलाई मायाको (लभ)को संज्ञा दिने, जब मन मिलेन त्यसलाई बलात्कारको संज्ञा दिने ?’ 

चौधरीले पूर्व सभामुख कृष्णबहादुर महरा प्रकरणतर्फ संकेत गर्दै उक्त केस पनि स्वार्थ नमिलेपछि बाहिर आएको बताइन् । उनले भनिन्– पूर्व सभामुखको केस पनि सुरुमा थाहा थिएन, तर पछि स्वार्थ नमिलेपछि बाहिर आयो र उहाँलाई ६–६ महिनासम्म जेलमा कोचियो । अहिले हदम्यादको कुरा उठिरहेको छ । हदम्याद राखिएन भने मुद्धाको चाङ लाग्छ अनि न्याय कसरी पाइन्छ ?’ 

सांसद चौधरीले आफुलाई महिलाको विरोध गरेको आरोप नलाउन आग्रह गर्दै देशको कानुन बनाउने स्थानमा आफु भएकोले त्यसलाई हेक्का राखेर मात्र कुरा राखेको बताइन् । उनले पुरुषको पीडालाई पनि सम्बोधन गर्नुपर्ने बताउँदै उक्त विषयसँग जोडएका कानुनहरु पनि संशोधन गर्नुपर्नेमा जोड दिइन् । उनले भनिन् स् ‘हामीले यो कुरा भुल्नुहुँदै कि धेरै महिलाहरु पीडित होलान् तर केही पुरुषहरु पनि पीडित छन् । पुरुषको पीडालाई सम्बोधन गर्ने कानुनी व्यवस्था गर्नुपर्छ ।’ उनले विवाहसम्बन्धी २० वर्षे हदम्यादलाई घटाउनुपर्ने बताइन् । उनले भनिन् - ‘विवाहसम्बन्धी २० वर्षे उमेर हद पनि घटाउनुपर्छ । १३ वर्षका नानीहरूले पनि बच्चा जन्माइसकेका छन् । त्यो अवस्थालाई हेरेर पनि हामीले कानुन निर्माण गर्नुपर्छ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement