Advertisement
Advertisement
Advertisement
Advertisement

महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार

  |      15:50:00   |  
Web : Image
Web : Image

चैत १९ , काठमाडौं । महोत्तरीबाट हराएका ७ जना किशोरीलाई भारतबाट उद्धार गरिएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बुधबार राति ११ बजे भारतबाट उनीहरुलाई उद्धार गरी नेपाल ल्याएको हो ।

भारतबाट उद्धार गरिएका उनीहरुलाई बुधबार राति नै जिल्ला प्रहरी कार्यालय महोत्तरीको जिम्मा लगाइएको छ । घाँस काट्न भनेर घरबाट निस्केका उनीहरु मंगलबारबाट हराएका थिए ।

सशस्त्र प्रहरीका इन्सपेक्टर बिर्खबहादुर शाही नेतृत्वको टोलीले भारतीय सीमा सुरक्षा बलसँग समन्वय गरेर उनीहरुलाई नेपाल ल्याएको हो । किशोरीहरुलाई नेपाल ल्याउन नेपाल प्रहरीका सई आदित्य सिंह नेतृत्वको टोली पनि नेपाल–भारत सीमाको भिट्टामोड पुगेको थियो ।

किशोरीहरुको उद्धारमा पुगेका सशस्त्र प्रहरी निरीक्षक शाहीका अनुसार बिहारको सितामढीस्थित रेल्वे स्टेसनमा भारतीय प्रहरीले किशोरीलाई मंगलबार राति १० बजेको समयमा फेला पारेर सशस्त्र प्रहरीलाई खबर गरेको थियो ।

भारतीय प्रहरीसँग उनीहरुले ‘गायिका बन्न’ भारत गएको बताएपनि आफूहरुसँग भने उनीहरुले केही नबताएको उनले बताए । शाहीका अनुसार भारतीय गैरसरकारी संस्था चाइल्ड वेलफेर कमिटी ९सीडब्लूसी०ले उनीहरुलाई बुधबार दिनभर काउन्सेलिङ गरेको थियो ।

सीडब्लूसीले आफ्नो जिम्मामा आएका किशोरीहरुलाई कम्तीमा पनि एक हप्ता वा एक महिना काउन्सेलिङ गरेर मात्रै परिवारको जिम्मा लगाउने नियम रहेका कारण राति अबेर उक्त संस्थालाई कन्भिन्स गरेर नेपाल ल्याइएको शाहीले बताए ।

‘भारतीय सुरक्षाकर्मीसँग किशोरीहरुले गायिका बन्न भारत जान लागेको बताएका रहेछन् । त्यहाँ छँदा हाम्रो टोलीसँग उनीहरुले केही बताउन चाहेनन्,’ शाहीले भने, ‘हामीले पनि उनीहरुलाई जतिसक्दो चाँडो नेपाल ल्याउनका लागि त्यहाँका अधिकारीहरुसँग समन्वय ग¥र्यौं ।’

भंगाहा नगरपालिका–८ धर्मपुरा घर भएका किशोरीहरु भिट्टामोडबाट अटो चढेर बिहारको सितामढीस्थित रेल्वे स्टेसन पुगेको पाइए पनि उनीहरु आफैं गए वा अरु कसैले लिएर गएका हुन् भन्नेबारे केही खुल्न नसकेको उनले बताए ।

घाँस काट्न भनेर घरबाट निस्केका उनीहरुलाई कसले र किन त्यहाँ पुर्‍यायो भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने उनले बताए ।

मंगलबार दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगीना पासवान, १३ वर्षीया ज्योति पासवान, १२ वर्षीया सीमा पासवान, १३ वर्षीया रिया पासवान र १२ वर्षीया रञ्जना पासवान हराएका थिए ।

साभार :अनलाइनखबर


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement