Advertisement
Advertisement
Advertisement
Advertisement

अस्ट्रेलियामा एक महिलालाई शौचालयको कमोडमा लुकेको सर्पले टोकेको छ

  |      19:22:00   |  
JASMINE ZELENY
JASMINE ZELENY

माघ ११, काठमाडौं । अस्ट्रेलियामा एउटी महिलालाई शौचालयमा बस्दा सर्पले टोकिदिएको एक सर्पविज्ञले बताएका छन्।

 

ती ५९ वर्षकी महिला हेलेन रिचर्ड्स मङ्गलवार ब्रिस्बेन सहरस्थित आफ्नो नातेदारको घरमा गएका बेला त्यहाँको अँध्यारो शौचालयमा विष नभएको सर्पले उनलाई टोकेको थियो।

 

ती महिलालाई शरीरको तल्लो भागमा कार्पेट पाइथन जातको पाँच फुट लामो सर्पले टोकेपछि घाउ लागेको छ।

 

उक्त सर्प समात्ने एक सर्पविज्ञका अनुसार गर्मीको मौसममा पानी जमेर रहने शौचालयको प्यानभित्र सर्पहरू लुकेर बस्नु सामान्य हो।

 

शौचालय
स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै ती महिला हेलेन रिचर्ड्सले आफूलाई चस्स घोचेको जस्तो अनुभव भएको बताइन्।

 

उनले भनिन्, 'म शौचालयमा बसेकी मात्रै थिएँ, टोकेकोजस्तो अनुभव भयो। म सुरुवाल तल झारेकै अवस्थामा अत्तालिएर उठेँ र फर्केर हेरेको त शौचालयको प्यानमा लामो घाँटी भएको कछुवा जस्तो लाग्ने जनावर देखेँ।'

JASMINE ZELENY

सर्पले टोकेपछि त्यसको घाउमा उनले एन्टिसेप्टिक लगाएको उक्त सर्प समातेकी ज्यास्मिन जेलेनीले भनिन् र कार्पेट पाइथन प्रजातिको सर्प समान्यतया विषालु नहुने बताइन्।

 

बीबीसीसँग कुरा गर्दै जेलेनीले भनिन्, 'शौचालयको कमोडमा जमेको पानीमा बसिरहेको सर्प, हेलेन रिचर्डस् उक्त कमोडमा बस्दा त्यस्लाई डर लागेर आक्रमण गरेको हुनुपर्छ।'

प्रायस् अस्ट्रेलियाको पूर्वी तटमा कार्पेट पाइथन पाइन्छ।

 

ती सर्प विषालु नभए पनि तिनले टोकेमा टेटानसको खोप लगाउन सल्लाह दिने गरिन्छ। -बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement