Advertisement
Advertisement
Advertisement
Advertisement

कोरोनाभाइरसका कारण विश्वभरी पाँच लाख ८१ हजारको मृत्यु

  |      16:31:00   |  
वेब तस्विर
वेब तस्विर

असार ३१, काठमाडौं । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण बुधबारसम्ममा मृत्यु भएकाहरुको संख्या पाँच लाख ८१ हजारभन्दा बढी पुगेको छ । 

त्यसैगरी कुल सङ्क्रमितको संख्या पनि दिनप्रतिदिन बढेर एक करोड ३४ लाख ७१ हजार ८६२ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार कुल सङ्क्रमितमध्ये ७८ लाख ६६ हजार २६५ जना भने सङ्क्रमणमुक्त भइसकेका छन् । 

विश्वभरी सङ्क्रमित भएकाहरुमध्ये सबैभन्दा धेरै अमेरिकामा रहेका छन् । कोरोनाका कारण मानवीय क्षति र सङ्क्रमितको संख्याका आधारमा अमेरिका सबैभन्दा अगाडि रहेको छ । 

अमेरिकामा बुधबारसम्ममा ३५ लाख ४५ हजारभन्दा बढी सङ्क्रमित भएका छन् भने मृत्यु भएकाहरुको  संख्या एक लाख ३९ हजार १४५ रहेको छ । 

त्यसैगरी कोरोनाबाट दोस्रो धेरै प्रभावित भएको मुलुक ब्राजिलमा १९ लाख ३१ हजार सङ्क्रमित हुँदा ७४ हजार २६२ जनाको मृत्यु भएको छ । 

भारत तेस्रो धेरै सङ्क्रमितको सूचीमा पर्दछ भने चौथो धेरै सङ्क्रमित हुनेमा रुस रहेको छ । रुसमा बुधबारसम्ममा सात लाख ४६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । रुसी अधिकारीहरुले कोरोनाका कारण देशभित्र मृत्यु भएकाहरुको संख्या ११ हजार ७७० पुगेको जानकारी दिएका छन् । 

त्यसैगरी पाँचौमा पेरु, छैठौँमा चिली, सातौंमा मेक्सिको, आठौँमा स्पेन, नवौंमा दक्षिण अफ्रिका र दशौँमा बेलायतमा धेरै सङ्क्रमितहरु रहेका छन्। 

कतिपय देशहरुमा सङ्क्रमित हुनेहरुको संख्यामा कमी देखिए पनि विश्वभरीको अवस्थामा सन्तोषजनक सुधार आउन नसकेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले चिन्ता व्यक्त गरेको छ । 
एजेन्सी 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement