 
                                    मंसिर ११, काठमाडौं । दक्षिण कोरियामा अनलाइन यौन दुर्व्यवहार गर्ने समूहको नाइके भएको ठहर गर्दै एक युवकलाई एउटा अदालतले ४० वर्ष जेल सजाय सुनाएको छ।
जो जू -बिन नामक ती व्यक्तिले महिलाहरूलाई यौन गतिविधिका भिडिओ पठाउन बाध्य पार्ने र पछि सशुल्क च्याटरूममा प्रेषित गर्ने गिरोह चलाएको अभियोग प्रमाणित भएको थियो।
त्यस्ता च्याटरूम कम्तीमा १०,००० जनाले प्रयोग गरेका र त्यसका लागि प्रत्येक व्यक्तिले १,२०० अमेरिकी डलरसम्म तिरेको पत्ता लागेको छ।
उमेर नपुगेका १६ बालिकासहित ७४ महिला त्यस्तो शोषणमा परेका थिए। यही मुद्दामा अरू पाँच जनालाई सातदेखि १५ वर्षको सजाय सुनाइएको छ।
के भन्यो अदालतले ?
'आरोपितले धेरै पीडितलाई फकाएर र धम्क्याएर बनाएको सामग्री व्यापक रूपमा वितरण गरेका छन्,'सोलको एउटा अदालतले भनेको योन्हाप समाचारसंस्थाले जनाएको छ।
जोले बालबालिकालाई यौन शोषणबाट जोगाउने कानुन उल्लङ्घन गरेको तथा नाफा कमाउन आपत्तिजनक भिडिओ बनाउने र बेच्ने आपराधिक गिरोह सञ्चालन गरेको ठहर जिल्ला अदालतले गरेको थियो।
धाकधम्की दिएर हात पारेका भिडिओहरू उनको गिरोहले टेलिग्राम एपका गोप्य च्याटरूममार्फत् बेच्थ्यो।
यो मुद्दाले दक्षिण कोरियामा ठूलो आक्रोश उत्पन्न गराएको थियो।
यसअघि के भयो ?
पचास लाख मानिसले आरोपितको नाम गोप्य नराख्न आग्रह गर्दै हस्ताक्षर गरेपछि गत मार्च महिनामा प्रहरीले २५ वर्षीय जोको नाम सार्वजनिक गरिदिएको थियो।
'मैले दुःख दिएका सबैसँग म माफ माग्छु,' सोलस्थित प्रहरी कार्यालयबाट अन्यत्र लगिँदै गर्दा चोले मार्चमा भनेका थिए।
त्यतिबेला उनले प्रायश्चित्तको भावमा आफू 'दुष्ट' भएको स्वीकार्दै आफ्नो दुष्कर्म रोकिदिएकोमा धन्यवाद दिएका थिए।
प्रहरीका अनुसार १२४ सन्दिग्ध व्यक्तिहरूलाई समातिएको थियो। गत वर्षदेखि भएका विभिन्न यौन अपराधबारे अनुसन्धान गरेपछि टेलिग्राम र सामाजिक सञ्जालका अन्य माध्यममा च्याटरूप सञ्चालन गर्ने जोसहित १८ जनालाई नियन्त्रणमा लिइएको समाचारसंस्था रोएटर्सले जनाएको छ।
कस्तो छ प्रतिक्रिया?
बीबीसी संवाददाता लोरा बिकरका अनुसार यसअघि दक्षिण कोरियाका अदालतहरूलाई डिजिटल माध्यमबाट यौन अपराध गर्ने व्यक्तिहरूसँग निकै नरम भएको आरोप लाग्ने गरेको थियो।
अभियोजनकर्ताहरूले चोलाई मृत्युदण्ड दिनुपर्ने माग राखेका थिए।
बिकरका अनुसार एउटा महिला अधिकारवादी समूहले यसलाई च्याट ग्रूपहरूमा महिलाको यौन शोषण 'अन्त्यको आरम्भ' को सङ्ज्ञा दिएको छ।
'यस्तो किसिमको यौन अपराधका पीडितहरूले आवश्यक सहयोग नपाएको चिन्ता अझै छ,' बिकर भन्छिन्, 'त्यो आपराधिक गिरोहमा संलग्न अरूले धेरै कम सजाय पाए।'
'तर दक्षिण कोरियामा महिलाहरूले यसलाई आफ्नो लामो सङ्घर्षले परिणाम दिन थालेको सङ्केतका रूपमा हेर्नेछन्।
बीबीसी
 नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                                                                                        नरेश ज्ञवाली ►
भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...
                            
                         काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                                                                                        काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...
                            
                         काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                                                                                        काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...
                            
                         काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                                                                                        काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...
                            
                         काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                                                                                        
काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...
                            
                         काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                                                                                        काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...
                            
                         काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                                                                                        काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...
                            
                         साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                                                                                        साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...
                            
                         काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...
                                                                                        काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...