Advertisement
Advertisement
Advertisement
Advertisement

बलात्कारीलाई क्षमा दिन सक्दैनौँः प्रधानमन्त्री

  |      18:00:00   |  
वेब तस्विर
वेब तस्विर

भदौ १२, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी बालिका निर्मला पन्तको घटनाको सत्य तथ्य छानबिन हुने बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै प्रधानमन्त्री ओलीले पछिल्लो समय समाजमा अप्रिय घटना घट्ने गरेको भन्दै स–साना बालिका समेत बलात्कृत हुनु परेकोमा दुख व्यक्त गरे ।

 

उनले भने, ‘उदाहरणका रुपमा कञ्चनपुरमा एकमहिना अगाडि भएको घटनालाई हेर्न सक्छौ । त्यस घटनाले सबैलाई दुखी बनाएको छ ।’ प्रधानमन्त्रीले कञ्चनपुर घटनामा प्रहरीको भूमिकामा प्रश्न उठ्नेबित्तिकै अर्को छानविन समिति बनाएर पठाएको भन्दै उनले भने, ‘हामीले छानबिन समिति बनायौं । त्यस छानबिन समितिले पनि प्रहरीको भूमिका उपयुक्त नलागेपछि प्रहरी प्रमुख, एसपि, डिएसपी, सिडिओेलाई समेत फिर्ता बोलायौं । अर्को सिडिओे, एसपी पठायौं । त्यसपछि पनि त्यहाँको वातवरण शान्त नभएपछि उच्च स्तरिय ढंगले छानविन गर्न सहसचिवको नेतृत्वमै छानबिन समिति बनाएका छौं । यो बिचमा हामीले एसपीलाई नै निलम्बित ग¥यौ । त्यहाँका कानून फाँटका अधिकृत समेतलाई फिर्ता बोलाईयो ।’

 

अहिले अरु सिडिओ, एसपी पठाएर छानबिन गरिरहेको प्रधानमन्त्री ओलीले बताए । उनले सरकारले पीडित बालिकाका परिवारलाई समेत दश लाख रुपैयाँ दिएको बताए ।उनले भने, ‘त्यहाको सर्वदलीय बैठकलाई हामीले सम्मान ग¥यौ । प्रदर्शनमा गोली लागेर मृत्यु भएको बालकलाई सहिद घोषणा ग¥यौं ।’

 

ओलीले अब उक्त घटनाको अहिलेको मात्र नभई पहिलेको समेत निष्पक्ष छानविन हुने बताए । उनले अन्य ठाउँमा समेत भएका यस्ता अपराधिक घटना रोक्न सरकार अत्यन्त संवदेनशिल भएको बताए ।

 

प्रधानमन्त्री ओलीले भने, ‘चाहे कञ्चनपुरको घटना होस् वा अन्यन्त्र । कुनै पनि बलात्कार घटनाका दोषीलाई क्षमा दिन हामी उदार हुन सक्दैनौँ । अत्यन्तै सक्रियताका साथ निष्पक्षताका साथ हाम्रो पुरा सामथ्र्य लगाएर त्यसको छानबिन हुन्छ ।’


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement