Advertisement
Advertisement

अनुमतिबिना फोटो खिचेको भन्दै बलिउड अभिनेत्री आलियाको आक्रोस

  |      18:07:00   |  
web image
web image

फागुन १०, काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आफ्नो फोटो बिना अनुमति खिचेको र पोस्ट गरेको भन्दै रिसाएकी छन्।

 

भारतीय सञ्चारमाध्यम इटाइम्सले उनी घरमा बसिरहेको बेला तस्बिर खिचेर पोस्ट गरेको थियो।

 

आलियाले इन्स्टाग्राम अकाउन्टमार्फत उक्त जानकारी दिएकी हुन्।

ुके सच्ची म आफ्नो घरमा थिएँ। म लिभिङ रूममा बसिरहेको थिएँ। त्यतिबेला मलाई कसैले हेरिरहेको छ जस्तो लाग्यो। मैले माथि हेर्दा अगाडि घरको छतमा दुई जना क्यामेरा लिएर बसेको देखेँ। कुन दुनियाँमा यस्तो कामलाई सही भनिन्छ र यस्तो हरकतलाई अनुमति दिइन्छरु हरेक कुराको एउटा सीमा हुन्छ, जसलाई तपाईंहरूले पार गर्न हुँदैन। तर आज तपाईहरूले सबै सीमा पार गर्नु भयो,’ उनले इन्स्टाग्राम स्टोरीमा लेखेकी छन्। 

 

उनको समर्थनमा बलिउड अभिनेत्री अनुष्का शर्मा, करण जोहर, अर्जुन कपूर, जाह्नवी कपूर देखिएका छन्।

 

हालै आलियाले छोरी राहालाई जन्म दिएकी छन्। आमा बनेपछि उनी घरमै बसिरहेकी छन्। उनी पछिल्लो समय फिल्म ‘ब्रह्मास्त्र’ मा देखिएकी थिइन्। 

 

फिल्म निर्माता परिवारकी सन्तानका रूपमा बेलाबेला विभिन्न आलोचना खेपे पनि उनले आफ्नो अभिनयबाट आफूलाई अब्बल सावित गरिसकेकी छन्। 

 

'स्टुडेन्ट अफ द इयरु बाट बलिउड फिल्मको मुख्य भूमिकामा देखा परेकी आलियाले यसपछि राम्रा फिल्ममा आफ्नो दमदार प्रस्तुती दिइन्। 

 

उनले 'आरआरआर, राजी, गंगुबाई काठियावाडी, डियर जिन्दगी, गल्ली ब्वाइ, कंलकु लगायत थुप्रै फिल्ममा अभिनय गरेकी छन्।

 

आलिया अब करण जोहरको 'रकी और रानी की प्रेम कहानीु मा देखिनेछन्। 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

पारसको सङ्गतबाट नातिनीलाई जोगाउन ज्ञानेन्द्र थाईल्यान्डमा

1502250962purnikashah5EgjlgZBJx.jpg काठमाडौं। पोथी सिंहले आफ्नो बच्चा भाले सिंहबाट जोगाउन लुकाउने गरेको त सुनिएको हो, तर मानिसले बाबुबाट सन्तानको...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement