Advertisement
Advertisement
Advertisement
Advertisement

एमाले कार्यदलको साझा प्रतिवेदन तयार, नेतृत्व परिवर्तनको विषय बाहिरै

  |      15:20:00   |  
एमाले कार्यदलको साझा प्रतिवेदन तयार, नेतृत्व परिवर्तनको विषय बाहिरै

असोज ४, काठमाडौं ।  नेकपा (एमाले) को पार्टी पुनर्गठन तथा निर्वाचन समीक्षासम्बन्धी कार्यदलले विभिन्न विषयमा आएका मस्यौदालाई एकीकृत गरी सर्वसम्मत प्रतिवेदन तयार गरेको छ।

कार्यदलले तयार पारेको उक्त प्रतिवेदन अब केन्द्रीय सचिवालयमा पेस गर्ने निर्णय गरेको एमाले सचिव पद्मा अर्यालले जानकारी दिनुभयो। उहाँका अनुसार कार्यदलमा छुट्टाछुट्टै तीनवटा प्रतिवेदन तयार भएको नभई विभिन्न कोणबाट आएका विषयगत मस्यौदा मात्र रहेको थियो।

कार्यदलको बैठकमा संयोजकले प्रस्तुत गरेको मस्यौदामाथि छलफल गरी आवश्यक थपघट गरिएको र त्यसपछि साझा प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरिएको अर्यालले बताउनुभयो।

बैठकमा पार्टीलाई थप एकताबद्ध बनाएर अघि बढाउने विषयमा छलफल भएको थियो। प्रतिवेदनमा समेट्नुपर्ने विभिन्न विषय र तिनका पक्षबारे पनि कार्यदलमा विस्तृत छलफल भएको जनाइएको छ।

तर पार्टी पुनर्गठनका क्रममा नेतृत्व परिवर्तन वा नेतृत्व पुनर्गठनको विषय भने प्रतिवेदनमा समावेश नगरिएको सचिव अर्यालले स्पष्ट पार्नुभयो। उहाँका अनुसार कार्यदलले नेतृत्व पुनर्गठनसँग सम्बन्धित कुनै पनि विषय सचिवालयमा पेस गर्ने प्रतिवेदनमा समेटेको छैन।

अब कार्यदलको साझा प्रतिवेदन केन्द्रीय सचिवालयमा पेस गरिनेछ। त्यसपछि पार्टीको सम्बन्धित तहबाट प्रतिवेदनमा समेटिएका विषयमाथि आवश्यक निर्णय तथा प्रक्रिया अघि बढाइनेछ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement