Advertisement
Advertisement
Advertisement
Advertisement

“भूतलाई अलमल्याउन” पीताम्बर लगाएर कर्णालीका महिलाहरुले चैतलो पर्व मनाए

  |      13:14:00   |  
Narjan Tamang
Narjan Tamang

फागुन २९, हुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला हुम्लामा “भूतलाई अलमल्याउन” चैतलो पर्व मनाउने अनौठो चलन छ।

सदरमुकाम सिमकोट र ठेहे गाउँका खस समुदायले हरेक वर्ष फागुन महिनामा चैतलो मनाउँछन्।

विशेषगरी महिलाहरू पीताम्बर अर्थात् पहेँलो वस्त्र र थरीथरीका गरगहनामा सजिएर भुओखाडो (खेल्ने चौर) मा गएर चैतलो खेल्ने गर्छ।

महिलाहरू चैतलो खेलिरहँदा थोत्रा कपडा लगाएका पुरुषहरू भने खरानी छर्कँदै “भूतलाई अलमल्याउने” भन्दै महिलाहरू चैतलो खेलिरहेको ठाउँ नजिकै मुखौटो लगाएर लाखे नाच्छन्।

चैतलोको महत्त्व

सिमकोट र ठेहे गाउँका महिलाले दशैँ, तिहार र तीजलाई भन्दा पनि विशेष महत्त्व दिएर चैतलो मनाउँछन्।

“हाम्रा लागि तीजभन्दा पनि ठूलो चैतेलो पर्व हो,” सिमकोटकी बदुमा रोकाया भन्छिन्, “फरक शैलीमा सजिएर, मिठो मसिनो खाएर र एक आपसमा खुसी साटेर चैतेलो पर्व मनाउँछौँ।”

चैतलो खेलिसकेपछि सबै महिलाहरू गाउँलेका घरघरमा पुगेर आफ्ना मान्यजनलाई ढोग्छन् र उनीहरूबाट आशीर्वाद लिन्छन्।

तर आफन्तको निधन भएको वर्ष दिन पूरा नभएका घरका महिलाहरू भने चैतलो खेल्न जाँदैनन्।

चैतेलो पर्वका दिन कतिपयको मागी विवाह गर्ने चलन पनि रहको छ।

- बीबीसी


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement