मंसिर १२, काठमाडौं । शंकर घिमिरेको लेखन तथा निर्देशनमा बन्ने फिल्म ‘तेल भिसा’मा कलाकारको लाइनअप पूरा भएको छ । साथै, फिल्मको प्रदर्शन मिति समेत घोषणा भएको छ ।
वर्षा राउत,विपिन कार्की सहित फिल्ममा गौरी मल्ल, ऋचा घिमिरे तथा बुद्धि तामाङको प्रमुख भूमिका हुने बताएको छ । विनोद पौडेल, अदिती खरेल र रमेश चौलागाईं सिनेमाका निर्माता हुन् ।
यो फिल्म नेपाल सहित नेपाली डायस्पोरामा २०८१ सालको भदौ २८ गते एकसाथ रिलिज हुने जनाइएको छ।
‘तेल भिसा’ले विकसित मुलुकमा नेपाली जाने र उतै पलायन हुने प्रवृत्तिको कथावस्तु पेश गर्छ ।