Advertisement
Advertisement
Advertisement
Advertisement

‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ लाई प्राप्त भयो ‘आइएसओ प्रमाणपत्र

  |      15:35:00   |  
web image
web image

कात्तिक २५, काठमाडौं। प्रतिष्ठित ब्राण्ड ‘खुकुरी रम’को उत्पादक ‘दि नेपाल डिस्टीलरिज प्रालि’ले ‘आइएसओ ९००१:२०१५ '( ISO 9001:2015 )' प्रमाणपत्र प्राप्त गरेको छ । 

कम्पनीले हालै उत्पादन तथा कार्यप्रणालीको गुणस्तरीयता मापन गर्ने विश्वकै एक स्वतन्त्र मान्यताप्राप्त प्रमाणीकरण निकाय,DNV (UKAS) बाट यो प्रतिष्ठित प्रमाणपत्र प्राप्त गरेको हो । यो प्रमाणपत्र एक विश्वव्यापी मानक हो, जसले बलियो गुणस्तर व्यवस्थापन प्रणालीका लागि आवश्यकताहरु तय गर्दछ । 

दि नेपाल डिस्टीलरिजले स्थापनाकालदेखि नै गुणस्तर र ग्राहकको सन्तुष्टिमा ध्यान केन्द्रीत गर्दै आइरहेको छ । यसका लागि कम्पनीले आफ्नो उत्पादनमा निरन्तर सुधार र आन्तरिक व्यवस्थापन प्रणालीलाई पनि चुस्तदुरुस्त र समयसापेक्ष बनाउँदै आएको छ । 

यो प्रमाणपत्र गुणस्तर व्यवस्थापन प्रणालीको प्रभावकारी र कुशल कार्यान्वयनतर्फ कम्पनीको प्रतिबद्धता, आफ्ना उत्पादन, सेवा र आन्तरिक प्रक्रिया प्रणालीमा निरन्तर सुधारमार्फत ग्राहकको सन्तुष्टिमा गरेको महत्वपूर्ण देनको प्रतिफल रहेको कम्पनीले जनाएको छ । 

‘आइएसओ ९००:२०१५ प्रमाणपत्र’लाई कम्पनीको जीवनमा एउटा कोशेढुंगाको रुपमा चित्रित गर्दै ‘दि नेपाल डिस्टीलरिज’का महाप्रबन्धक शुभास लामिछानेले भन्नुभयो–‘प्रतिष्ठित आइएसओ ९००१:२०१५ को प्रमाणपत्र पाएकोमा हामीलाई गौरव महसुस भएको छ । यसको सम्पूर्ण श्रेय टिम र यसबाट भएको सामूहिक प्रयासलाई जान्छ । यस अवसरमा आगामी दिनमा समेत हामी हाम्रा उत्पादनहरुको गुणस्तर र आन्तरिक कार्य प्रणालीलाई समेत अझ आधुनिक र वैज्ञानिक बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्न चाहन्छौं ।’

कम्पनीबाट प्रतिष्ठित खुकुरी ब्राण्डअन्तर्गत ‘खुकुरी ट्रिपल एक्स रम’, ‘खुकुरी स्पाइस्ड रम’, ‘खुकुरी ह्वाइट रम’ र ‘खुकुरी कोरोनेसन रम’ उत्पादन हुँदै आएको छ । यी उत्पादन विश्व बजारमा निर्यात पनि हुँदै आएका छन् । 

हालै कम्पनीले रमबाट भोड्का सेग्मेन्टमा प्रवेश गर्दै नयाँ ब्राण्ड ‘न्यूड भोड्का’ बजारमा ल्याएको छ । सन् १९५९ मा स्थापना भएको दि नेपाल डिस्टिलरिज संगठनात्मक क्षेत्रमा स्थापना भएको नेपालको पहिलो मदिरा उत्पादक कम्पनी हो । 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement