पुस १७, काठमाडौं । झरना थापाले ए मेरो हजुर को पाँचौ श्रृंखला ल्याउनेबारे खुलासा गरिन् ।यो "ए मेरो हजुर" ५ को छायांयकन सुरु आउदो भदौ देखि हुने उनले बताइन् ।अहिले हामी स्क्रिप्टमा काम गरिहेका छौं ।यो मेरो हजुर ५ को प्रदशन २०८२ सालको नयाँ वर्षमा हुने उनको भनाइ छ ।
यो फिल्मको निर्देशक उनी स्वयंम हुनेछिन् । उनको निर्देशित पछिल्लो फिल्म ‘एक भगवत् गीता’ थियो । विवाद र चर्चाबीच यो फिल्म २०८० सालमा रिलिज भएको थियो । ‘ए मेरो हजुर’ चाहिं २२ वर्षअघि रिलिज भएको थियो । उक्त फिल्मको श्रृंखलाको रुपमा अहिले पाँचौं सिक्वेल बन्न लागेको हो ।