काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा गठित ८ सदस्यीय मन्त्रिमण्डलमा एक जना पनि महिला परेका छैनन् ।
प्रधानमन्त्री देउवाले कांग्रेसका तीन, माओवादी केन्द्रका तीन र फोरम लोकतान्त्रिकका एक मन्त्री सहित ८ सदस्यीय मन्त्रिमण्डल गठन गरेका हुन् । जसमा एक जना महिला पनि परेका छैनन् ।
गठित मन्त्री मण्डलमा विजय कुमार गच्छदार उपप्रधानमन्त्री तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्री, कृष्णबहादुर महरा उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री, गोपालमान श्रेष्ठ उपप्रधानमन्त्री तथा शिक्षा, ज्ञानेन्द्र बहादुर कार्की अर्थ मन्त्रालय, जनार्दन शर्मा गृह मन्त्रालय, फरमुल्ला मन्सुर श्रम तथा रोजगार मन्त्रालय र प्रभू शाह विना विभायि मन्त्री रहेका छन् ।
देउवा गणतान्त्रिक नेपालको नवौं प्रधानमन्त्री हुन् । उनी प्रधानमन्त्री बनेको यो चौथो पटक हो ।