कार्तिक १४, काडमाडौं । नेत्रावती डबजोङ गाउँपालिका–४ हजारेकी ७० वर्षीया सुकमाया गुरुङको हत्या आरोपमा पक्राउ परेका मंगल गुरुङलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार १३ असोजमा गुरुङको टाउको, बायाँ गाला, अनुहार र गर्धनको बायाँ भाग तथा शरीरका विभिन्न भागमा धारिलो हरियार प्रहार गरी हत्या भएको थियो ।
गुरुङले धारिलो हतियार खुर्पा प्रहरा गरी सुकमायालाई कर्तव्य गरी मारेको स्वीकार गरेको एसपी मिश्रले जानकारी दिए ।