Advertisement
Advertisement
Advertisement
Advertisement

४५ वर्षीया मायाले छातीमा सांसदको लोगो भिरिरहँदा बहुविवाहको पनि लाग्यो दाग

  |      14:53:00   |  
web imege
web imege

पुष २० ,काठमाडौं । भर्खरै सुत्केरी भएकी माया अस्पतालमा भएका कारण पुस ८ मा उनको शपथ भएको थिएन । नेपाली कांग्रेसबाट समानुपातिक सांसद बनेकी भोजपुर हतुवागढी गाउँपालिका-४ की ४५ वर्षीया मायाले छातीमा सांसदको लोगो भिरिरहँदा बहुविवाहको ‘दाग’ पनि कायमै छ । भोजपुरकै साल्पासिलिछो गाउँपालिकाका पूर्वअध्यक्ष महेश राई र मायाविरुद्ध बहुविवाहको मुद्दा चलाउन परमादेश माग्दै पीडितले अदालतमा दिएको रिट अदालतमा विचाराधीन छ ।

सुरूमा प्रहरीले उजुरी दर्ता गर्न नमानेपछि प्रहरी र सरकारी वकिलविरुद्ध दायर गरेको रिटउपर अदालतले परमादेश दिएको र पछि दर्ता गरिएपनि राजनीतिक दबाबमा मुद्दा ढिसमिस पारी पीडकलाई संरक्षण गरिएको भन्दै पीडित हिमालय राईले यही पुस १३ गते पाटन उच्च अदालतमा मुद्दा हालेकी छन् ।

भोजपुर खार्तम्छा घर भई हाल काठमाडौं ललितपुर बस्ने हिमालयले रिटमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं, उच्च सरकारी वकिलको कार्यालय पाटन, महान्यायाधिवक्ताको कार्यालय, बौद्ध प्रहरी साथै महेश-माया को जोडीलाई विपक्षी बनाएकी छन् ।

यसअघि पीडीतले रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेर दुईजनालाई जोगाउन आरजु देउवा, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीलगायत लागेको आरोप लगाएकी थिइन् ।

३९ वर्षीय हिमालय एक वर्षदेखि न्याय माग्दै दिनहुँ प्रहरी, महिला आयोग र मिडियाको दैलो भौतारिइरहेकी छन् । महेशले मायालाई विवाह गरी आफूलाई अहिले घर न घाटको बनाइदिएको उनको गुनासो छ ।

यस्तो छ बहुविवाहको कहानी
४९ वर्षीय महेश राई २०७४ को स्थानीय निर्वाचनमा भोजपुरको साल्पासिलिछो गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनी कांग्रेसको महासमिति सदस्य छन्

महेशकी पहिलाकी श्रीमती सरस्वती गिरी (सरु) को २०७८ जेठ अन्तिम साता हृदयघातका कारण निधन भएको थियो । त्यसको ६ महिनामै महेशले हिमालयलाई मंसिर १३ मा विवाह गरे । सुनाकोटीमा रहेको घरबाटै विधिपूर्वक उनीहरूको बिहे भएको थियो । महेशसँगको बिहेको फोटोरभिडिओ हिमालयसँग सुरक्षित छ ।

हिमालय साल्पासिलिछोको सीमा जोडिएको षडानन्द नगरपालिकाका मेयर वीरबल राईको आफन्त (पत्नी मालती राईको ठूलीआमाकी छोरी)पर्छिन् । वीरबलकी पत्नी मालती राईले नेपाल प्रेससँग भनिन्, ‘मलाई घर चलाउन एउटा साथ नभइ भएन, तपाईंकी बहिनीलाई जे-जसो गरेर भए पनि सुखैले पाल्छु भनेपछि मेयर सा’व समेत लागेर हामीले बहिनीको परिवारसँग कुरा चलायौं । त्यसरी विवाह भएको हो ।’


(हिमालयले प्रहरी, अदालतमा प्रमाणको रूपमा पेश गरेको महेशसँग बिहेको तस्बिर)

मंसिर १३ मा विवाह भएपश्चात केही समय ठीकै चलेको थयो । पुसको अन्तिमतिर राई अर्जेन्ट काम परेको बहाना गरेर गाउँ गएको र माघ १ बाट आफूसँग सम्पर्कविहीन बनेको हिमालयले बताइन् । महेशले अर्की श्रीमती (माया राई) लाई घरमा ल्याएर आफूलाई फागुन १६ गतेदेखि घर पस्न नदिएको हिमालले बताइन् ।

‘फागुन १६ मा काठमाडौंको कपनमा भएको घरमा आउनुभएछ । बेलुका घरमा फर्किँदा मलाई ढोका खोलिएन‘ एकजना छोरी मान्छेले माथि बरण्डाबाट आएर हामीलाई गालीबेइज्जत गरेर उल्टै धम्क्याइन्,’ उनले सुनाइन् ।

हिमालयका अनुसार कपनमा रहेको घरमा छिर्न नदिएपछि फागुन १६ कै बेलुका उनले प्रहरीमा हारगुहार गरेकी थिइन्, तर सुनवाइ भएन ।

त्यसको केही दिनमै महेशले अगाडिको मिति राखेर बिहे दर्ता गरेको हिमालयको माइती पक्षले थाहा पाए । बिहे दर्ताको कागजमा स्पष्ट जालसाज देखिन्छ । साल्पासिलिछो गाउँपालिका-२ चौकिडाँडामा २०७८ फागुन १ को मितिमा विवाह दर्ताको लागि सूचना फाराम भरिएको छ । जबकि विवाह दर्ता फाराममा महेश राई र माया राईबीच साल्पासिलिछो गाउँपालिका-२ मा २०७८ मंसिर २ गते नै विवाह भएको उल्लेख छ । माया त्यसबेला कांग्रेसको १४ औं महाधिवेशनबाट महिला जनजातितर्फबाट केन्द्रीय सदस्य निर्वाचित भइसकेकी थिइन् ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement