Advertisement
Advertisement
Advertisement
Advertisement

४०लाख सिनोभ्याक खोप किन भण्डारणमै थन्कियो ?

  |      12:47:00   |  
web image
web image

जेठ १२,काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० खोपको ४० लाख मात्रा प्रयोगविहीन छ । चीन सरकारको सहयोगमा १५ महिना अघि आएको उक्त सिनोभ्याक खोप टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा थन्किएको छ ।

सरकारले सो खोप चीनबाट विशेष विमानमार्फत ल्याएको थियो । १८ वर्षभन्दा माथिका व्यक्तिले मात्रै लगाउन मिल्ने यसको म्याद अबको ७ महिनापछि सकिँदै छ ।

यस खोपलाई बुस्टर खोपको रूपमा प्रयोग गर्न नमिल्ने भएकाले   भण्डारणमा सीमित भएको विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले बताए ।  

‘यो खोप पहिलो र दोस्रो मात्रा खोपको रूपमा प्रयोग गर्न मात्रै सकिन्छ,’ उनले भने, ‘नेपालमा पहिलो, दोस्रो मात्रा लक्षित समूहले पूर्ण रूपमा लगाइसकेको अवस्थामा यो खोप लगाउन सकिएन ।’

सिनोभ्याक खोप पहिलो र दोस्रो मात्रा लगाएकाहरू बिरामी हुनबाट ६९ प्रतिशत प्रभावकारी हुने भनिएको छ । त्यस्तै, यो खोपले अस्पताल भर्ना दर ६४।६ प्रतिशत घटाउने भनिएको छ ।

विश्व स्वास्थ्य संगठनले सिनोभ्याक–कोरोनाभ्याक खोपलाई बुस्टरका रूपमा प्रयोग अनुमति नदिएपछि भण्डारणमा सीमित भएको हो ।

सरकारले विगतमा लक्षित समूहमध्ये ९९.५ प्रतिशतले एक मात्रा लगाएका छन् भने ९५.७ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन् । हालसम्म बुस्टर डोज खोप एक करोड बढीले लगाइसकेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ ।

कोभिड–१९ विरुद्धको खोप अधिकांशले लगाएकाले भण्डारमा रहेको खोप नेपालमा उपयोगमा नआउने चौरसियाले बताए ।

अब के हुन्छ ४० लाख खोप ?

विभागको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखा प्रमुख डा सुरेन्द्र चौरसियाले केन्द्रीय भण्डारणमा स्टक रहेको ४० लाख मात्रा खोपबारे छलफल भइरहेको बताए । परिवार स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखा र खोप  सल्लाहकार समितिले स्वास्थ्य मन्त्रालयलाई के गर्ने भनेर मन्त्रालयलाई  फाइल पठाएको छ । तर यसबारे निर्णय नभएको उनले बताए ।

मन्त्रालयले पहिलो, दोस्रो मात्रा खोपका नलगाएका राष्ट्रमा उपलब्ध गराउन खोजे पनि त्यसको माग नभएको सहप्रवक्ता डा।समीरकुमार अधिकारी बताउँछन् ।

डब्लुएचओले कोभिड–१९ ले निम्त्याएको विश्वव्यापी स्वास्थ्य संकटकाल अन्त्य भएको घोषणा गरेको अवस्थामा अन्य राष्ट्रले खोप लैजाने सम्भावना पनि न्यून छ ।

नेपालले कति खोप प्राप्त गर्‍यो ?
सरकारले २०७७ पुस २० मा खोप खरिदको अवधारणा स्वीकृत गरी २ करोड १८ लाख नागरिकलाई कोरोनाविरुद्ध खोप लगाउन स्वीकृत गरेको थियो ।

विभागबाट प्राप्त विवरणअनुसार २०७८र७९ सम्म दातृ निकाय, को भ्याक्स सुविधा अन्य अनुदानबाट खोप प्राप्त गरेको हो । नेपालले प्राप्त गरेको ५ करोड ८८ लाख ९१ हजार ९७० मात्रा खोपमध्ये २७ प्रतिशत खरिद गरेको थियो । ३३ प्रतिशत को भ्याक्स सुविधाअन्तर्गत उपलब्ध भएको र ३० प्रतिशत विभिन्न दातृराष्ट्रले अनुदानमा उपलब्ध गराएका थिए । प्राप्त खोपमध्ये ३४ प्रतिशत भेरोसेल, १६ प्रतिशत कोभिशिल्ड र अन्य ५० प्रतिशत प्राप्त गरेको थियो ।

भारतको एक कम्पनीबाट कोभिशिल्ड २० लाख डोज र चीनको एक कम्पनीबाट भेरोसेल १ करोड डोज, गाभी एलाइन्ससँगको सम्झौता अनुसार ५९ लाख ३६ हजार ४ सय डोज, को भ्याक्स कस्टशेयरिङ अन्तर्गत मोडर्ना खोप ४० लाख ८ सय डोजसमेत  गरी २ करोड १९ लाख ३७ हजार २ सय डोज खोप खरिद गरिएको व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाले जनाएको छ ।
 


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement