मंसिर ५,काठमाडौं । गाजाको अल–शिफा अस्पतालमा रहेका ३१ हप्तामै जन्मेका कारण शिशुमा गम्भीर सङ्क्रमण देखिए पछि १२ जना नवजात शिशुलाई मिस्रको काहिरा पठाइएको छ।विश्व स्वास्थ्य सङ्गठनका अनुसार ४० हप्ता अघि नै जन्मेका २८ जना नवजात शिशुलाई मिस्र पठाइएको हो।
गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली आक्रमणका कारण हालसम्म १३ हजार ३ सयभन्दा बढी प्यालेस्टिनी नागरिकको मृत्यु भएको छ। जसमा ५ हजार ६ सयभन्दा बढी बालबालिका रहेका छन्।