भदौ १५, काठमाडौं । लमजुङमा एक महिलाले बाटोमै बच्चा जन्माएकी छिन् ।
गाउँमा उपलब्ध स्ट्रेचर स्थानीय स्वास्थ्य चौकीभित्र भएको र १० बजेपश्चात् मात्र स्वास्थ्य चौकी खुल्ने भएकाले राममायालाई हिँडाएरै अस्पताल लगिँदै गर्दा लमजुङको बेँसीसहर नगरपालिका- ११ चिती बरबोट चेपाङटारकी २४ वर्षीया राममाया चेपाङले शुक्रबार बिहान सुत्केरी भइन्।उनले छोरी जन्माएकी छिन् ।
उनको घर पहिला मकवानपुर हो। त्यहाँबाट बसाइँसरी आएका उनको परिवार अरूको घरमा आश्रय लिई यहाँ बसेर ज्याला–मजदुरी गर्ने गरेको थिए। राममायाका यसअघि दुई छोरा र एक छोरी रहेका छन् ।अहिले राममाया र नवजात शिशुको स्वास्थ्य स्थिति सामान्य रहेको छ ।