Advertisement
Advertisement
Advertisement
Advertisement

२० वर्ष पार गरेर विवाह गर्ने युवतीलाई ग्यास सिलिन्डर उपहार

  |      14:35:00   |  
web image
web image

फागुन ५, काठमाडौं । खजुरा गाउँपालिका– ५ वडा कार्यालयले कानुनले तोकेको उमेरमा विवाह गर्ने युवतीलाई खाना पकाउने ग्यास सिलिन्डर उपहार दिने भएको छ । बालविवाह न्यूनीकरणका लागि कानुनले तोकेको उमेरमा विवाह गर्ने युवतीलाई खाना पकाउने ग्यास सिलिन्डर प्रदान गर्ने योजना ल्याएको वडाध्यक्ष गरिबे शेषले बताए ।

 

वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै २० वर्ष पार गरेर विवाह गर्ने युवतीलाई ग्यास सिलिन्डर लैजान आग्रह गरेका छन् । बालविवाह रोक्न वडामा यस्तो कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष शेषले जानकारी दिए ।

 

वडा नम्बर ५ का स्थायी बासिन्दालाई मात्र सिलिन्डर उपहार दिने वडा कार्यालयले जनाएको छ । ‘२० वर्षमाथिका युवतीको विवाहमा उपहारस्वरूप खाना पकाउने ग्यास सिलिन्डर सेट उपलब्ध गराउने वडा कार्यालयको कार्यक्रम रहेकाले इच्छुक युवतीले उपहार लिन दुलहा–दुलहीको उमेर खुल्ने प्रमाणसहित वडा कार्यालयमा आउनुहोला,’ वडा कार्यालयले जारी गरेको सूचनामा भनिएको छ ।

 

बालविवाह रोक्न सचेतनामूलक कार्यक्रमसँगै विभिन्न थरीका उपाय अवलम्बन गर्दासमेत कुनै सीप नचलेपछि पछिल्लोपटक उपहारस्वरूप ग्यास सिलिन्डर दिने योजना वडा कार्यालयले ल्याएको वडाध्यक्ष शेषले बताए । उक्त वडामा मुस्लिम र मधेसी समुदायको बसोवास छ । ‘कानुन, सजाय तथा सानो उमेरमा विवाह गर्दा पर्ने सामाजिक, आर्थिक एवं शैक्षिक असरबारे जानकारी गराउँदासमेत बालविवाह न्यूनीकरण भएन,’ वडाध्यक्ष शेषले भने, ‘पछिल्लो उपाय अन्तिम अस्त्रको रूपमा प्रयोग गरेका हौँ । यो कार्यक्रमले केही हदसम्म सहयोग पुर्‍याउने आशा छ ।’

 

बालविवाह न्यूनीकरणका लागि गाउँपालिका र वडा कार्यालयले किशोरी नाटक, महिला स्वयंसेवक परिचालन, सचेतना कार्यक्रम, र्‍यालीलगायतका कार्यक्रम गरिसकेको उनले बताए । वडा कार्यालयले ३ माघदेखि सिलिन्डर दिने निर्णय गरे पनि वडामा अहिलेसम्म एउटा पनि निवेदन नआएको वडा कार्यालयले जनाएको छ ।


Share this with your friends:


Advertisement
Advertisement
थप खबर...

प्रत्येक महिला पुरुषभन्दा कमजोर छैनन् : कमला भासिन

1505200545Kamala-bhasinsiTZu8Z9Mj.jpg नरेश ज्ञवाली ► भदौ २७, काठमाडौं।  दक्षिण एसियामा लैङ्गिक समानता, शिक्षा, गरिबी निवारण, मानवअधिकार र शान्तिका...

पुरुष कलमले पूर्ण नारीलाई लेख्न सक्दैन

1488688911annapurna-post.jpg काठमाडौं। मान्छेहरू कडा भएर बोलेको भन्दा नरम भएर बोलेको मनपर्छ । खरा कुराभन्दा नरम, सरस र सलिल कुराहरू मनपर्छ । तर...

कालो तिलले कम्मर दुखेको र अनुहारमा भएको पोतोको उपचार गर्छ

1479567052black-sesame-seed.jpg काठमाडौं । कालो तिल अथवा तिलबाट प्राप्त हुने बिऊ तेल उत्पादनको लागि प्रयोग गरिन्छ । अनुहारमा चायाँ, पोतो वा दाग,...

उमेर अनुसारको हुनुपर्छ खान्की, अनि मात्र मानिस स्वस्थ रहन्छ

1479121715High-protein-foods-555x335.jpg काठमाडौं। पोषणको आवश्यकता उमेरअनुसार परिवर्तन हुन्छ । उमेरको हरेक अवस्थामा स्वयंलाई स्वस्थ राख्न शरीरलाई...

यी भोजन खाए छाला सुन्दर हुन्छ !

1490268754IMG4830.JPG काठमाडौं। स्ट्रबेरी : यो भिटामिन सीले भरपुर हुन्छ । भिटामन सीले छालालाई चाउरीबाट जोगाएर सधैं जवान राख्न मद्दत...

दुबईमा पहिलो पटक नेपाली कल्चरल पहिरनको फेसन शो सम्पन्न

14869899431673513412092883957875661114576594o.jpg काठमाडौं। गत माघ २८ गते दुबईमा नेपाली कल्चरल पहिरनको फेसन शो पहिलो पटक फेसन फ्युजन २०१७ सम्पन्न भयो । एनआरएन...

मुलुकका सम्मानित पदमा महिलाको उपस्थिति, सबैका लागि आशाको ढोका उघारे

1488014428nepali-great-ladies.jpg काठमाडौं। अहिले नेपालका तीनवटै अंगका प्रमुख महिला भएकाले नेपाली राजनीतिक क्षेत्रमा मात्र नभएर सामाजिक...

लोग्नेमान्छेको जात केटी देखेपछि.....

1486611119images.jpg काठमाडौं । शान्ताको विवाह भएको पाँच वर्ष बितिसक्दा पनि छोराछोरी भएनन् बरु उनलाई एकाएक ब्लड क्यान्सर भयो । समयले...

मनोसामाजिक समस्या के हो?

1532684479sumitra-vaauju.jpg साउन ११, काठमाडौं । मनोसामाजिक समस्या भन्नाले मन र समाज वीच हुने समस्या हो । यो जो कोही व्यक्तिलाई पनि हुन सक्छ ।...

महिलाको दोस्रो विवाहको कुरा सुन्दा पढेलेखेकैले अनुहार बिगार्छन्

1482639321yakal--mahila.jpg काठमाडौं। दोस्रो विवाहबारे मैले नसोचेको, नचाहेको होइन । तर, म मेरा आत्मीयसँग फेरि विवाह गर्नेबारे कुरा गर्छु,...

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement