असोज २१,,काठमाडौं। नेपाललाई करातेमा ऐतिहासिक रजत पदक दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९औं एसियाली खेलकुदको समापन समारोहमा नेपालको झण्डा बोक्ने भएकी छन्।
नेपालले १९औं एसियाडमा २९ खेलमा अहिलेसम्मकै सबैभन्दा धेरै २५३ खेलाडी सहभागी गराएको थियो । जसमा नेपालले एक रजत र एक कांस्य जित्यो । एरिकाले रजत जित्नुअघि नेपालको मिहला कबड्डी टिमले कांस्य पदक जितेका थिए ।